कोरियामा बस र ट्रक ठोक्किएपछि आगलागी हुँदा ५ जनाको मृत्यु ,३७ जना घाईते 

  नयाँ बुलन्द
105 Shares

सउल: दक्षिण कोरियामा बस र ट्रक ठोकिएपछि आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन । जसमध्ये तीन जना गम्भीर घाईते भएको जनाइएको छ ।

विहिबार दिउँसो करीब २ बजे सउलको दक्षिणी भागमा रहेको ख्वाछन एक्सप्रेसवेमा  भएको हल्ला नियन्त्रणको लागि बनाइएको सुरुङमा आगलागी भएको थियो ।

पश्चिमी बन्दरगाह शहर ईन्छनलाई सङ्नाम शहरसँग जोड्ने दोस्रो ख्यङ्गिन एक्सप्रेसवेमा रहेको ख्वाछनको आवाज नियन्त्रणको लागि बनाइएको उक्त सुरुङ भित्र बस र ट्रक ठोक्किएपछि आगलागी  भए लगत्तै सुरुङमा आगो फैलिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनापछि उद्धारकर्ताहरूले सवारी साधन भित्र पाँच जनालाई मृत फेला परेका छन्।

उपराष्ट्रपतिका प्रवक्ता ली जे-म्योङका अनुसार राष्ट्रपति युन सुक-योलले दुर्घटनास्थलमा थप हताहत नहुन सुनिश्चित गर्न र उद्धार गरिएकाहरूलाई पूर्ण चिकित्सा सहायता उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।

युनले क्षतिको कारण र विस्तृत विश्लेषण,आगामी दिनमा क्षति रोक्ने उपायहरू साथै आवाज टनेललगायतको तत्काल निरीक्षण गर्न समेत आह्वान गरेका छन्।

घटनास्थलमा जम्मा ९४ दमकल, २१९ जना अग्नी नियन्त्रक र हेलिकप्टर पठाइएको थियो भने अपराह्न ४ः१२ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । मृतकको संख्या अझै बढ्न सक्ने भएकाले थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।-कोरिया पाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार