आत्मानन्द कप सुरु, सुनसरीको विजयी सुरुआत

  नयाँ बुलन्द
917 Shares

तस्वीर सौजन्य : काकीराम लावती

इलाम : इलामको माङसेबुङ-५ लारुम्बामा १५ औं आत्मानन्द कप सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा हाटखोला फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ ।

डिफेन्डिङ च्याम्पियन माङसेबुङ गाउँपालिका इलामलाई टाईब्रेकरमा ४-३ गोलको अन्तरले पराजित गर्दै सुनसरीले विजयी सुरुआत गरेको हो ।

निर्धारित र अतिरिक्त समयमा समेत दुवै टिमबाट कुनैपनि गोल हुन नसकेपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।

प्रतियोगिता अन्तरगत शनिबार जलथल फुटबल क्लब झापा र कणर्सिंह सोनाम फुटबल क्लव ताप्लेजुङबीच प्रतिष्पर्धा हुनेछ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको अवसरमा संचालित प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ र उपविजेताले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिता मा पूर्वी नेपालका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता छ ।

आत्मा पवित्र हक्चात यक्चुमले आयोजना गरेको प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ । धर्मगुरु लिङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार