दक्षिण कोरियामा भागदौड हुँदा १५९ जनाको मृत्यु,सयौं घाईते

सियोलः  दक्षिण कोरियाको राजधानी सियोलको ईताईवेन शहरस्थित एउटा नाईट क्लबमा हेलोईन मनाईरहेको बेलामा भागदौड हुदा १५९ जना भन्दा बढीको मृत्यु भएको छ ।
एकसय भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् । मृत्यु हुने र घाईते हुनेको संख्या अझै बढ्ने अनुमान छ। मृत्यु हुनेमा २ जना विदेशी पनि भएको जनाइएको छ ।
घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । दर्जनौंलाई हृदयघात पनि भएको बताइएको छ ।
समाचार एजेन्सी योनहापले अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। घटना के कारणले भयो भन्ने अझै खुल्न सकेको छैन । दमकल विभागका अनुसार २९ तारिख दिउँसो,सियोलको योङसान-गुइटावोन-डोङमा ठूलो दुर्घटना भएको थियो । जहाँ हेलोइन अघि भेला भएका भीडहरू कुचलिएको अनुमान गरिएको थियो।
इथेवन दुर्घटनालाई कोरियामा सन् २०१४ पछिको अर्को ठूलो दुर्घटना मानिएको छ । सन् २०१४ मा सेवल नामको पानी जहाज दुर्घटना हुँदा ३२५ जना विद्यार्थीसहित करीब चारसय यात्रुहरुको ज्यान गएको थियो ।
इथेवन दुर्घटनाको बिस्तृत विवरण भने आउन अझै बाँकी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार