
माङसेबुङ : आप्रवासी कामदार हकहित संरक्षण केन्द्र माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा पृथराज चवेगू सर्वसम्मत चयन भएका छन् ।
माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालय चतुरेमा भएको कामदार र परिवार सदस्यको भेलाबाट केन्द्र गठन भएको हो ।
केन्द्रको उपाध्यक्ष मुना निरौला, सचिव द्रोणराज योङहाङ, सहसचिवमा सुबास राई र कोषाध्यक्ष यामकुमारी राई चयन भएका छन् ।
सदस्यहरुमा मिना मगर, भीम चाम्लिङ, ममता राई, लिला राई रहेका छन् ।
अन्य दुईजना सदस्य कार्यसमितिको बैठकले थप गर्ने जनाईएको छ ।



















































