जापानस्थित सेवारो निप्पोनबाट माङसेबुङका अशक्तलाई नगद सहयोग

  बालकृष्ण बस्‍नेत
280 Shares

माङसेबुङ : जापनस्थित नेपालीहरूको साझा ग्रुप सेवारो निप्पोनले इलामको माङसेबुङका शारीरिक रुपमा अशक्तहरूलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सोमबार माङसेबुङ १ का तेजप्रकाश बराईलीलाई नगद ४ हजार सहयोग उपलब्ध गराएको हो ।

औषधिउपचार खर्चबावाप उपलब्ध गराएको रकम माङसेबुङ १ का वडा सदस्य ठाकुर श्रेष्ठले हस्तान्तण गरे ।

सेवारो निप्पनले यसअघि पनि माङसेबुङका २ जना अशक्तलाई सहयोग उपलब्ध गराएको थियो । माङसेबुङ १ कै शेरबहादुर राई र माङसेबुङ २ का हर्क सम्बाहाम्फेलाई सहयोग उपलब्ध गराएको थियो ।

सेवारो निप्पोनले पूर्वी नेपालको झापा, मोरङ ,पाँचथर र ताप्लेजुङ गरि १५ जना शारीरिक अशक्हरूलाई सहयोग गरिसकेको संस्थाका नेपाल प्रमुख डम्बरबहादुर लोरिन्देनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार