भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउदै

  नयाँ बुलन्द
49 Shares

काठमाडाै : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ अर्थात् मे १६ मा गर्ने नेपालको लुम्बीनी भ्रमणमा विभिन्न एजेन्डाहरु समावेश हुने भएका छन् । मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने वार्तामा जलविद्युत र कनेक्टिभिटीलगायत विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विस्तृत एजेन्डा हुने शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले बताएका हुन् ।

यस्तै दुई पक्षीय वार्ताका बीचको सीमा विवाद पनि समेटिन्छ किन नाई भन्ने प्रश्नमा उनले भनेका छन्, ‘भारतले सधै विद्यमान द्विपक्षीय संयन्त्र नै मुद्दामा छलफल गर्नको लागि उत्तम माध्यम हो भन्ने कुरालाई कायम राखेको छ र यस्ता मुद्दालाई राजनीतिकरण नगरेर जिम्मेवार ढंगले छलफल गरिनुपर्छ।

 

लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले पवित्र मायादेवी मन्दिरको दर्शन गर्नुका साथै लुम्बिनी विकास कोषले आयोजना गरेको बुद्धजयन्ती कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार