सामी परियोजना प्रभावकारी बनाउन समन्वय बैठक

  नयाँ बुलन्द
791 Shares

इभाङ : सुरक्षित आप्रवासन परियोजना (सामी) लाई प्रभावकारी बनाउन इलामको माङसेबुङ गाउँपालिकामा सोमबार गाउँपालिकाका प्रतिनिधिसँग समन्वय बैठक भएको छ ।

माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीको अध्यक्षतामा भएको बैठकमा सामी परियोजना प्रभावकारी बनाउने विषयमा छलफल भएका थियो ।

परियोजना संयोजक ईश्वरी तामाङले कार्यक्रमको उदेश्य प्रष्ट पार्दै सूचनामा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता कक्षा, मनोसामाजिक परामर्श, सीपयुतm जनशक्तिको विकासमा परियोजनाले काम गरिरहेको जानकारी दिए ।

परियोजना अधिकृत रामकुमार कर्णले वैदेशिक रोजगारीसँग सम्बन्धित ऐन एवम् नियम, वैदेशिक रोजगारले सिर्जना गरेको सामाजिक लागतलगायतको बारेमा जानकारी गराएका थिए ।

माङसेबुङ गाउँपालिकामा सामी परियोजनाको प्रगति सम्बन्धी विवरण वित्तीय साक्षरताकर्ता विपिन खुलालले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापनमा बौल्दै परियोजनालाई गाउँपालिकामा प्रभावकारी बनाउन वडाहरुमा विनियोजित सीप विकास तथा क्षमता विकास तालिमसँग जोडेर अगाडी बड्न समन्वय गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार