आत्मानन्द कप : फिदिम स्पोर्टिङ क्लबले झापा ११ को सामना गर्दै

  नयाँ बुलन्द
210 Shares

इलाम : इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिता अन्तरगत सोमबार (आज) फिदिम स्पोर्टिङ क्लब फिदिमले झापा ११ कझ सामना गर्दैछ ।

माङसेबुङ-५ स्थित माङसेबुङ खेलमैदानमा दिउँसो २ बजे हुने प्रतियोगिताको तेस्रो खेल अन्तरगत फिदिमले झापाको सामना गर्नुपर्नेछ ।

यसअघि आइतबार भएको खेलमा बिबिएफसी दमक झापाले सानदार जित निकाल्दै  सेमिफाइनल प्रवेश गरेको छ । रेडहर्ष इलामलाई ६-० को भारी अन्तरले पराजित गर्दै बिबिएफसी अन्तिम चारमा प्रवेश गरेको हो ।

‍किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ डिफेण्डर, उत्कृष्ठ स्ट्राइगर, उत्कृष्ठ मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

धर्मगुरु लिङदेनको जन्मोत्सवमा बर्सेनि माङसेबुङमा आत्मानन्द गोल्डकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

तस्वीर सौजन्य : काकीराम लावती

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार