इलाम काङ्ग्रेस : मतदान सकियो, मतगणना आजै सुरु हुने

इलाम : नेपाली कांग्रेस इलामको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ ।
मतगणना केही बेरपछी सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मतदान भएको थियो ।
निर्वाचनमा एक हजार सात सय ९५ मतदाता थिए । तीमध्ये एक हजार सात ३२ मत खसेको निर्वाचन समितिकी सदस्य सविता पाण्डेले जानकारी दिइन् ।
जिल्ला कार्य समितिको सभापतिसहित सात पदाधिकारी, २१ कार्यसमिति, १ महाधिवेशन प्रतिनिधि र १४ महासमिति सदस्यका लागि मतदान भएको थियो ।
निर्वाचनमा पार्टीको नेतृत्वका लागि दुई प्यानलले प्रतिष्पर्धा गरिरहेका छन् । सभापति पदका लागि भेषराज आचार्य र डम्बर खड्का चुनावी मैदानमा उत्रिएका छन् । आचार्य रामचन्द्र पौडेल निकट र खड्का प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा निकट उम्मेदवार हुन् ।
खड्कालाई वर्तमान सभापति हिमालय कर्माचार्य र पूर्व सभापति केशव थापाको समेत समर्थन छ ।
पदाधिकारीमा समेत प्यानलअनुसार नै प्रतिष्पर्धा हुँदैछ । दुई उपसभापति पदका लागि चार जना चुनावी मैदानमा छन् । आर्चायको प्यानलबाट खगेन्द्र देवान र बिष्णुकुमारी लिम्बू दाहाल तथा कर्माचार्य-खड्का-थापा प्यानलबाट केदार थापा र होमप्रसाद दुलाल चुनावी मैदानमा छन् ।
दुई सचिव पदका लागि चार जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट पूर्णप्रसाद गौतम र विष्णु हेमकुमार कार्की चुनावी मैदानमा छन् । कर्माचार्य-थापा-खड्का प्यानलबाट वर्तमान सचिव निरोज खड्की, हुकुमलाल थेबे चुनावी मैदानमा छन् ।
त्यस्तै दुई सहसचिव पदका लागि समेत चार जनाबीच नै प्रतिष्पर्धा हुँदैछ । सहसचिव पदमा आचार्य प्यानलबाट चक्र येक्तेन (अभिषेक) र देवेन्द्रकुमार सुवेदी तथा कर्माचार्य-थापा-खड्का प्यानलबाट प्रविना राई, र डालाकुमारी कार्की चुनावी मैदानमा छन् ।
शनिबारसम्म मतपरिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार