सिक्किममा चासोक तङनाम संगै थाक्थुङ आईडलको फाईनल हुने ।।

  टीआर सेनेहाङ
490 Shares

डिसेम्बर १८
भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेलाटारमा आउदो डिसेम्बर १० देखी १२ तारिख सम्म लिम्बु समुदायले छैटौ चासोक तङनाम उल्लासका साथ मनाउने तयारी रहेको छ ।

यसपटक पनि नियारा प्रोडक्शनले आयोजना गर्न लागेको चासोक तङनामको अवशरमा धेरै लिम्बु समुदाउयले मन पराएको थाक्थुङ आईडल सिजन–१ को पनि फाईनल हुने नियारा प्रोडक्शनका संयोजक नियारा ताम्लिङ लिम्बुले बताउनुभयो । लिम्बु गित संगितलाई विश्वसामु चिनाउनका लागी आयोजना गरिएको थाक्थुङ आईडलको पहिलो र दोस्रो अडिसन सिक्किममा सम्पन्न भईसकेको छ ।

कार्यक्रममा नेपाली तथा सिक्किमे गायक गायिकाकोे भाषिक तथा लिम्बु मौलिकताजन्य प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकारहरुले प्रत्येक दिन याक्थुङ साम्लो, हाक्पारे,पालाम साम्लो,ख्याली लगायत नेपाली गितहरु पनि गाउने कार्यक्रम तय भएको छ ।

पुर्व सिक्किम,दार्जि्िलङ,कालिम्पोङ,वेस्ट वंगाल लगायतका स्थानमा बसोबास गर्दै आएका हजारौ लिम्बु,तुतु तुम्याङ,थाङबेन,मेन्छिङ,वालक, वृद्ध तरुणहरुको सहभागिता रहने सो कार्यक्रममा लिम्बुहरुको मौलिक नृत्य प्रतियोगिता,मौलिक खेलहरु,केःलाङ,हाक्पारे साम्लो,ख्याली साम्लो,थाक्थुङ जातिय खानाको स्टल र सास्कृतिक महत्व तथा चिनारी बोकेका सामाग्रीहरुको प्रदर्शन हुने भएको छ ।

सिक्किममा जन्मेर आफ्नौ मौलिक लिम्बु सस्कृतीलाई जगेर्णा गर्ने र युवापुस्तामा पनि आफ्नोपन र जातिय बिषेशताको दृष्टबोध गराउने उदेस्यले प्रत्येक साल कार्यक्रमको आयोजना गर्ने गरिएको कार्यक्रम संयोजक नियारा ताम्लिङको भनाई छ ।

पछिल्लो समय अन्य सभ्यताको प्रभावले लिम्बु संस्कार तथा मौलिकतामा असर पुग्दै गएपनि सिक्किमा भने लिम्बुहरुको भाषा,लिपी , सस्कार ,सस्कृती , रितिरिवाज , मौलिक परम्परा, रहन सहन सुरक्षित रहेको पाईन्छ ।सिक्किम, दार्जि्िलङ,कालिम्पोङ लगायतका लिम्बु समुदायको बसोबास रहेको क्षेत्रमा चासोक तङनामको साथमा लिम्बुहरुको मौलिक चाड तथा सास्कृतिक कार्यक्रमको आयोजना हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार