पाँचथरमा पहिरोको वितण्डा : २७ जनाको मृत्यु, ३ बेपता ६ जना घाईते, दजर्नौ परिवार विस्तापित

  नयाँ बुलन्द
357 Shares

पाँचथर : पाँचथरमा पहिरोले वितण्डा मच्चाएको छ । बुधवार साझसम्ममा २४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्स्पेक्टर डम्बर विश्वकर्माका अनुसार २४ जनाको मृत्यु, २ बेपत्ता र ६ जना घाईते भएको छन् । प्रहरीले मिक्लाजुङमा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर गाँउपालीका अध्यक्ष अमर माखिमका अनुसार मृत्यु हुनेको संख्या २१ पुगेको छ भने तीन जना बेपत्ता रहेको छन् ।

यो हिसाबले मृत्यु हुनेको संख्या २७ पुगेको देखिन्छ । माखिमका अनुसार मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु २ बेपत्ता भएका छन् । उनका अनुसार वार्ड न. १ मा २, वार्ड २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै ७ नम्बर वार्डमामा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए । मिक्लाजुङ्–५ को कुरुम्बामा एकैठाँउ ११ जनाको मृत्यु भएको छ ।

अविरल बर्षासँगै पहिरोमा परि फिदिम नगरपालीकामा २ जना, फाल्गुनन्द गाँउपालीकामा ३ र कुम्मायक गाँउपालीकामा १ जनाको मृत्यु भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा पहिरोका कारण भएको क्षतीको विवरण संकलन गर्न ढिलो भएको छ । धेरै ठाँउमा पहिरो गएकाले प्रहरी तथा उद्वार टोली पुग्नलाईनै समस्या भएको छ । यहाँका सबैसडक अवरुद्ध हुदाँ घटना स्थलसम्म पुग्नपनि समस्या छ । क्षती अझै बढ्न सक्ने अनुमान भएको छ ।
बर्षाले अत्यान्त जटिले परिस्थिती निर्माण गरेपनि सुरक्षाकर्मी घटना स्थलहरुसम्म पुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार