दाङमा माछाले टोकेर एक जनाको ज्यान गयो

  नयाँ बुलन्द
329 Shares

Electric Eel

दाङ : दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान गएको छ ।

अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका-१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसो ज्यान गएको हो ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बेहोस भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार