कोरोनाले रोकिएका ११ हजार कामदार कोरिया जान पाउने, साढे २ लाख थप खर्च लाग्ने

  नयाँ बुलन्द
189 Shares

कोरोनाले रोकिएका ११ हजार कामदार कोरिया जान पाउने, साढे २ लाख थप खर्च लाग्ने

काठमाडौं । कोरोना महामारी सुरु भएपछि कोरिया जान नपाएका ११ हजार कामदार कोरिया जान पाउने भएका छन् । नेपाल सरकार र कोरिया सरकारबीच भएको सहमति अनुसार अब कामदारहरु कोरिया जान पाउने भएका हुन् ।

सीधा उडानबीच कामदार पठाउने, कोरियामा पुगेर १४ दिन क्यारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमाशुल्कसमेत कामदार स्यंवले व्यहोर्ने विषयमा सहमति भएको छ । ती तीनवटै सर्त कोरिया सरकारले राखेका कारण लामो समयदेखि कामदार जान पाएका थिएनन्, यी सर्त पूरा गर्ने सहमति भएका कारण अब कामदार जान पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।

तर, नयाँ व्यवस्थाअनुसार कामदार पठाउँदा श्रमिकले साढे २ लाख थप खर्च गर्नुपर्नेछ । यसअघि ट्रान्जिट हुँदै कोरिया जान पाउने थियो । त्यसका लागि हवाई भाडा नेपाली ३६ हजार लाग्थ्यो । तर, कोरिया सिधा उडानमार्फत जाँदा कम्तीमा करिब ८४ हजार नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार