किरात राई यायोक्खा बेलायतद्वारा यलम्बर स्मृति दिवसमा विविध कार्यक्रम

बेलायत : किरात राई यायोक्खा बेलायतले ग्याम्बल लेनस्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बरहाङको स्मृति दिवस विविध कार्यक्रम गरि मनाएको छ ।

हरेक वर्ष अगस्ट ७ मा मनाउँदै आएको स्मृति दिवसको अवसरमा किरात राई यायोक्खा बेलायतको वार्षिक मुखपत्र सुम्निमा पारुहाङ बिशेषाङ्क बिमोचन गरिएको छ ।

उक्त मुख पत्रमा राईहरु बहुभाषिक भएकोले किरात राई यायोक्खलाई जिवित २८ भाषिक राईहरुको साझा थलो बनाउने अभियान स्वरुप हालै पारित गरिएको सङकल्प प्रस्तावको रुपमा २८ भाषिक राईहरुको समानुपातिक र समाबेशी प्रतिनिधित्व हुने गरि संघिय ढाचालाई प्रमुख रुपमा सम्प्रेषण गरिएको सुम्निमा पारुहाङ प्रकासन समितिका सम्योजक तथा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष जितेन साम्पाङ राईले बताए ।

राईहरु इन्द्रेणि समाज भएको बताउँदै किरात राई यायोक्खाका बेलायतका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राईले यायोक्खाको पुरानो संरचना र ढाँचाले सबै राईहरुको सहभागिता र अस्तित्वलाई समेट्न नस्क्ने जिकिर गर्दै अब राईहरुको विविधतालाई स्वीकार गर्न सक्ने गरि सबै राईहरुको सहअस्तित्व र समान सहभागिता रहने गरि महांसघीय ढाचामा संघीय समंरचना अनुरुप यायोक्खा अघि बढ्नु पर्ने बताए ।

साथै ऐतिहासिक कामको थालनी किरात राई यायोक्खा बेलायतले सुरु गरेको र बिस्वभरिका राईहरुले अनुशण गर्ने समेत बताए । त्यस्तै किरात राई बिधार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राईले किरात राई यायोक्खा बेलायत अहिले सम्मकै दुरदर्शी र प्रगतिशिल यायोक्खा भएको बताउदै किरात राई यायोक्खा बेलायतले पास गरेको संघात्मक ढाचाले सबै किरात राईहरुलाई जोड्ने बताए । किरात राई यायोक्खाको मुलधारमा समाहित हुन नसकेर चित्त दुखाएर राईबाट अलग हुन खोजिरहेका र अलगै जातिको रुपमा सुचिकृत हुन सुचिकरणको अभियानमा लागेका अल्प सङ्ख्यक भाषिक राईहरुलाई समेत यो सङकल्प प्रस्तावले जोड्ने विश्वास व्यक्त गरे ।

राईहरुको विविधतालाई स्विकार्ने यो न्यायिक ढाँचालाई अब बिधानमै लिपिबद्द गरेर किरात राई यायोक्खा माहाततका सबै समितीहरुलाई अबलम्बन र अनुशरण गर्न समेत अपिल गरे ।

किरात राई यायोक्खा बेलायतका पूर्वअध्यक्ष पदम राईले प्रथम किरात राजा यलम्बरको स्मरण गर्दै राजा यलम्बर देखि जिते दास्ती हुँदै योक्नेहाङ सम्म ३२ पुस्ता शासन गरेको राईहरु कालन्तरमा हाम्रै एकता हुन नसक्दा वर्तमान समयसम्म आईपुग्दा सत्ताविहीन हुन पुगेको बताए । राईहरुको एकतामा अझै पनि चरम समस्या भएको बताउदै नेपालको अन्तरिम संविधान र पहिलो सम्बिधान सभामा उल्लेखित १ प्रतिशत भन्दा बढी जनसङख्या भएको जातिलाई संघिय एकाई प्रदान गर्ने ब्यबस्था राज्य पुनरसंरचना आयोगले पास गरेको बताउदै राईहरुको एकतामा जोड दिनु पर्ने बताए ।

राष्ट्रिय जनगणना नजिकिदै गरेको सन्दर्भमा राई जाति भित्रकै थुप्रै भाषिक राईहरुले छुट्टै जातिको रुपमा सुचिकृत कोड प्राप्त गरेको जानकारी गराउँदै यो अभियानलाई रोक्न किरात राई यायोक्खा बेलायतले अवलम्बन गरेको संघीय ढाँचा कोशे ढुङा सबित हुने बताए

कार्यक्रममा किरात राईहरुमा प्रचलित धनुषबाण (आर्चरी) प्रतियोगिता समेत संचालन गारिएको थियो । ४१ जना सहभागी उक्त आर्चरी प्रतियोगितामा सन्जोक राई,आलेस राई र रामप्रसाद राईले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । प्रतियोगिताका विजेताहरुलाई नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको आर्चरी खेल प्रतियोगिताका संयोजक तथा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले बताए । साथै उक्त कार्यक्रममा बाहिङ राईहरुको लोकपृय सिलि सेग्रो सिलि समेत प्रदर्शन गरिएको थियो ।

संस्थालाई विभिन्न विधामा सहयोग पुर्याउने पुर्खाहरुलाई किराती फेटा गुथाएर सम्मान गरिएको थियो । कार्यक्रममा किरात राई यायोक्खा प्रारम्भिक कार्य समिती ग्रेटर रस्मोरले किराती खानाको व्यवस्थापन गरेको थियो ।

किरात राई यायोक्खा बेलायतका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षता,  किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर दिलकुमार राईको संयोजन तथा ८६ वर्षीय किरात राई पुर्खा लबजित राईको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा किरात राई विधार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई, किरात राई यायोक्खा बेलायतका पुर्ब अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार पदम राई, पूर्व उपाध्यक्ष तथा विशिष्ट संरक्षक सद्स्य ओम राई, चाम्लिङ राई खाम्बातिम नेपालका संस्थापक अध्यक्ष जगत राई, किरात याक्थुङ चुम्लुङ बेलायतका सचिव विस्वासदिप तिगेला, किरात बाहिङ राई मुलुखिम बेलायतको अध्यक्ष राम राई, किरात साम्पाङ राई जुम्लेखा बेलायतका उपाध्यक्ष भबिन साम्पाङ राई, मोडल तथा फेसन डिजायनर सृजना निङेलेखु राई लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार