ईभाङ-चतुरे सडकको ३ सय मिटर कालोपत्रे, गुणस्तरीय कामका लागि खबरदारी

  बालकृष्ण बस्‍नेत
3.3k Shares

कालोपत्रेको काम गरिदैं । तस्वीर : बालकृष्ण बस्नेत

माङसेबुङ : ईलामका माङसेबुङ गाउँपालिकास्थित ईभाङ-चतुरे सडक कालोपत्रेको काम धमाधम भइरहेको छ ।

वैशाख २७ गते बाट सुरू भएको कालोपत्रे सडक करिब ३ सय मिटर कालोपत्रे भइसकेको सडकका ईन्जिनियर दिपेन्द्र अधिकारिले जानकारी दिए ।  गुरूङगाँउ क्षेत्रबाट सुरू गरिएको काम निरन्तर भइरहेको छ । मुसलधारे वर्षामा काम स्थगित गर्ने गरिएको अधिकारीले बताए ।

माङसेबुङ क्षेत्रकै पहिलो कालोपत्रे सडकको रूपमा चिनिने सो सडक महत्वपूर्ण र गौरवको रूपमा रहेको माङसेबुङका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । सडकको तत्कालिन अवस्था, गुणस्तरीताका लागि खबदारीका साथै समन्वय र सहयकार्य कम्पनी, कर्मचारीसँग भईरहेको ईदिङ्गोले बताए ।

१६ मिनिमिटर भन्दा मुनिका ३० प्रतिशत, १० मिनिमिटर भन्दा मुनिको २० प्रतिशत गिटिको मात्रा छ भने ५० प्रतिशत स्टोन डस्टको मात्रा रहेको ईन्जिनियर अधिकारीले बताए ।

सडक कालोपत्रे सुरू भएसँगै माङसेबुङबासी खुसी हुनुका साथै गुणास्तरीयतामा खबरदारी गरिरहेका छन् । ‘सडक समस्याका कारण स्टेचरमा बिरामी बोकेको झलझली सम्झिरहेको छु । तर अब त्यो कहालीलाग्दो समस्याबाट मुक्त हुन लागिएको छ’ माङसेबुङ २ का स्थानीय मित्रकुमार खड्काले बताए ।

स्थानीय बासिन्दाले यसअघि निर्माण गरिएको नाली र बेसको काम गुणस्तरहीन भएको भन्दै विरोध जनाएका थिए । उनीहरुले कालोपत्रे समेत त्यस्तै भए समस्या उही दोहोरिने भन्दै गुणस्तरीय कामका लागि खबरदारी गरिरहेका छन् ।

यसअघि पहिलो वर्षातमा नै सो सडक क्षतविक्षत भएको थियो । नालीहरु भलले सयौं स्थानमा चकनाचुर बनाएको थियो । बेस हालेको सडकको बिच भाग समेत क्षतविक्षत बनेको थियो । ठेकेदार कम्पनीले लापरवाही गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको कारण बनाइनसक्दै भत्किन थालेपछि स्थानीय आक्रोशित बनेका थिए । स्थानीयको गुनासो आएपछि नयाँ बुलन्दले इभाङ-चतुरे सडक कालोपत्रे गुणस्तरहीन : पहिलो वर्षातमा नै क्षतविक्षत शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सो समाचार प्रकाशन भएपछि ठेकेदार कम्पनीले मर्मत सम्भार गरी प्राइमकोट विच्छ्याएर कालोपत्रे सुरु गरेको हो ।

कालोपत्रे पनि त्यस्तै गुणस्तरहीन हुने पो हो की भनेर स्थानीयबासी चनाखो बनेका छन् । आफ्नो गाउँमा आएको विकासले दीगो रुप धारण गरोस् भन्ने उद्देश्यल पछिल्लो समय स्थानीयले चासो बढाएका छन् ।

माङसेबुङ २ तिखे गोलाईबाट माङसेबुङ ३ चतुरे मोड जोड्ने सो सडक १३ दशमलव २७९ किलोमिटर रहेको छ ।

सडकको लागि नेपाल सरकारको २० प्रतिशत र एशियाली विकास बैङ्कको ऋण ८० प्रतिशत खर्च हुने गरी ३१ करोड रुपैयाँको लागत रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत कालिका/गजुरमुखी जेभीले कालोपत्रेको काम गरिरहको छ ।

यसअघि प्रकाशित समाचार पढ्नुहोस् :

इभाङ-चतुरे सडक कालोपत्रे गुणस्तरहीन : पहिलो वर्षातमा नै क्षतविक्षत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार