वन क्षेत्रमा जथाभावी डोजर चलेपछि रेडपाण्डा संकटमा

  नयाँ बुलन्द
7 Shares


वन क्षेत्रमा जथाभावी डोजर चलेपछि रेडपाण्डा संकटमा

इलाम । इलामको उत्तर पूर्वी क्षेत्रमा रेडपाण्डा पाइने वन क्षेत्रमा जथाभावी डोजर प्रयोगले लोपोन्मुख वन्यजन्तुहरु संकटमा परेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा वन जंगल विनाश भएपछि नेपालमा रहेको रेडपाण्डा ट्रेल समेत प्रभावित भएको हो ।

विश्वमै दुर्लभ मानिएको रेडपाण्डा लगायतका वन्यजन्तुको बासस्थान मानिएको भारतसँग सीमा जोडिएको उत्तरी इलामका वन जंगल मासीने क्रम नरोकिए पछि रेडपाण्डा संकटमा पर्ने खतरा बढेको छ ।

स्थानीय तह समेतको अगुवाइमा वन्यजन्तुको वासस्थान रहेका घना वन क्षेत्रमा समेत डोजर लगाएर यतिबेला धुलीमैदान बनाइएपछि खतरा बढ्दै गएको हो ।

सीमा पारी भारत तर्फ सीहलिला नेशनल पार्क रहेकाले सीमासम्म सडकको उपलव्धि देखिदैन ।

पर्यटन विकासको बहानामा जथाभावी सडक निर्माणले वन्यजन्तुको वासस्थान खण्डिकृत हुने र कतिपय लोपोन्मुख वन्यजन्तु, वनस्पति मासीने खतरा उत्पन्न भएको रेडपाण्डा नेटवर्कका कृष्ण कुमार राईको भनाई छ ।

वन ऐन र वातारण संरक्षण नियमावली अनुसार सामुदायिक वा राष्ट्रिय वन क्षेत्रभित्र जथाभावी अतिक्रमण र फँडानी गर्न पाइदैन ।

विकास निर्माणका लागि वातावरणीय प्रभाव मुल्याँकन र क्षतिको न्युनिकरणका लागि वातावरणीय व्यवस्थापन योजना वनाउनु पर्ने प्रावधान रहेको छ ।

प्रचलित ऐन नियमका साथै प्रदेश सरकारले बनाएका कानूनको पालना नगरी वन जंगलमा भएको विनाशले वन्यजन्तुका साथै पर्या पर्यटन समेत ओझेलमा पर्न थालेको छ ।

इलामको थुम्के, चोयाटार, नुनथला, माबुथाम, पाटेनागी लगायत दर्जनौ स्थानमा वनमा अतिक्रमण गरी सडक संरचना बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार