कोरोनाको एक वर्षः अमेरिकामा मात्रै तीन लाखको निधन, विश्वभर १६ लाख व्यक्तिको मृत्यु

  नयाँ बुलन्द
0 Shares


कोरोनाको एक वर्षः अमेरिकामा मात्रै तीन लाखको निधन, विश्वभर १६ लाख व्यक्तिको मृत्यु, सात करोड संक्रमित

 

काठमाडौं : कोरोनाको महामारी विश्वभर फैलिएको एक वर्ष भएको छ । वर्ष दिनमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सात करोड नाघेको छ ।

वर्ल्डो मिटरका अनुसार विश्वभभर संक्रमितको संख्या ७ करोड १४ लाख नाघेको छ । हालसम्म विश्वभर १६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

संसारमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा एक करोड ६३ लाख व्यक्ति संक्रिमत भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ ।

अमेरिकापछि बढी संक्रमित रहेको भारतमा ९८ लाख व्यक्ति संक्रमित हुँदा एक लाख ४२ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६८ लाख व्यक्ति संक्रमित हुँदा एक लाख ८० हजार व्यक्तिको मृत्यु भइसकेको छ । रुसमा २५ लाख ९७ हजार संक्रिमत हुँदा ४५ हजार व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्समा २३ लाख ५१ हजार संक्रमित हुँदा ५७ हजार व्यक्तिको मृत्यु भएको छ । बेलायतमा १८ लाख व्यक्ति संक्रमित हुँदा ६३ हजारको मृत्यु भएको छ ।

मेक्सिकोमा १ लाख १२ हजार, इटालीमा ६३ हजारको मृत्यु भएको छ । कोरोना पत्ता लगाएको एक वर्षमा वैज्ञानिकहरुले खोप पनि ल्याउन सफल भएका छन् । तर एक वर्षको अवधिमा मानवीय क्षतिका अलावा विश्वले आर्थिक क्षति नराम्ररी ब्यहोरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार