भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक

  नयाँ बुलन्द
0 Shares

एजेन्सी भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ९० लाख नजिक पुगेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार १२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ४३४ संक्रमित थपिएका छन् भने ५ सय ८७ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोनबाट मृत्यु हुनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा भारत दोस्रो स्थानमा पर्छ । पहिलो स्थानमा भने अमेरिका रहेको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख ७३ हजार बढी रहेको छ ।

मृत्यु हुनेको सूचिमा भने भारत तेस्रो स्थानमा छ । मृत्यु हुनेको पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार