थपिए ३५५६ जना कोरोना संक्रमित , १८ जनाको मृत्यु


काठमाडौं उपत्यकामा २१२९ सहित ३५५६ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं :नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएको जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १२९ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १७४६, ललितपुरका २१६ र भक्तपुरका १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

आजसम्म देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन । पछिल्लो २४ घण्टामा १५०३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार