भन्सार छलेर नेपाल भित्र्याइएको लाखौंको सामान बरामद

  नयाँ बुलन्द  146 पटक हेरिएको

इलाम : प्रहरीले विभिन्न क्षेत्रबाट भन्सार छलेर नेपाल भित्र्याइएका लाखौंको सामान बरामद गरेको छ ।

आइतबार इलाम नगरपालिका-७ जिरोबाट मे १ज २१७६ नम्बरको मारुती भेनसहित ११ कार्टुन (१ सय ३२) बोतल भारतीय सिक्किमे मदरा बरामद गरेको हो ।

प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले नियन्त्रणमा लिए भेन सहित भेनका चालक इलाम सुर्योदय नगरपालिका २ का २९ वर्षीय पुर्णकुमार तामाङ र बरामद भएको मदिर आवश्यक कार्वाहीको लागि क दाता सेवा कार्यालय इलाममा बुझाईएको छ ।

त्यसैगरी सुर्योदय नगरपालिका १० नयाँचोकस्थित कल्पना तामाङले संचालन गरेको जिम्बा होटल, डम्बर प्रधानले संचालन गरेको एभरेष्ट होटल र पदम प्रधानको होटलबाट विभिन्न परिमाणमा भारतीय सिक्किमे मक्स वरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा गएको टोलिले ती होटलमाहरुमा खानतलासी गर्दा जिम्बा होटलबाट १ सय ४१ बोतल, एभरेष्ट होटलबाट ४८ बोतल र  प्रधानको होटलबाट-४८ बोतल गरी २ सय ३७ बोतल मक्स बराम गरेको हो । बरामद गरेको मक्स प्रहरी चौकी फिक्कलमा ल्याई आवश्यक कार्वाहीको लागि कर दाता सेवा कार्यालय इलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै सुर्योदय नगरपालिका २ मानेभन्ञ्याङ रोड छेउ जंगलमा भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको करिब १ लाख  ३६ हजार ४ सय ८० रुपैंया बराबरको ३० कार्टुन ईण्डीयन रेडबुल र ५ कार्टुन भाडामाझ्ने साबुन बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटिएको गस्ती टोलिले सोमबार गते बिहान करिब ३ बजे नियन्त्रणमा लिइ आवश्यक कार्वाही लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार