सुरक्षित आप्रवासन सम्बन्धी सचेतना अभिवृद्धि हुँदै


इलाम : इलामका जनप्रतिनिधिहरुले जिल्लामा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) ले सुरक्षित आप्र्रवासन सम्बन्धी सचेतना अभिवृद्धि हुँदै गएको बताएका छन् ।

परियोजना संचालित इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा आयोजित स्थानीय जनप्रतिनिधिहरुको अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधिहरुले त्यस्तो बताएका हुन् ।

दुवै प्रमुख, उप–प्रमुखल ,पालिकाका सम्पुर्ण कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो

एक कार्यक्रममा गत बिहिवार र शुक्रवार स्थानिय जनप्रतिनिधिहरु गरिरहेको स्थानीय सरकारहरुको इलाम नगर पालिका प्रमुख महेश बस्नेत र सुर्याेदय नगर प्रमुख रणबहादुर राईले गत आर्थिक वर्ष २०७६/०७७ मो परियोजना लागू भएपछि जिल्लाबासीहरुमा सुरक्षित आप्रवासन सम्बन्धी सचेतना अभिर्वद्धि हुँदै गएको बताए ।

इलाम नगर पालिकामा बुधवार र सुर्याेदय नगर पालिकामा शुक्रबार आयोजना गरिएको स्थानीय जनप्रतिनिधिहरुको अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रममा दुवै प्रमुख, उप–प्रमुख र कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रममा परियोजनाको कार्यक्षेत्र र परियोजनाका बारेमा हेल्भटास नेपालका तर्फबाट कार्यक्रम अधिकृत रामकुमार कर्ण र परियोजनाको गत आर्थिक वर्षको कार्य प्रगति र आगामी कार्ययोजनाबारे जिल्ला परियोजना संयोजक इश्वरी तामाङ्गले सहजीकरण गरेका थिए ।

परियोजना अन्तरगत घरदैलो सचेतना, प्रत्यक्ष रुपमा राहादानी जिल्ला प्रशासन कार्यलय पुग्ने सेवाग्राहीलाई त्यहाँ स्थापित इलाम नगरपालिका आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगारी सम्बन्धी निःशुल्क सुचना तथा परामर्श दिने, निःशुल्क कानूनी सहायता, निःशुल्क सीप तालिम तथा सीप सिकेर मात्र विदेश जान जानकारी गराउँदै आएको छ ।

गत आर्थिक वर्षमा ७४ वटा वैदेशिक रोजगार सम्बन्धी उजुरी दर्ता भएकोमा २४ वटा केस सफल भएको र अन्य केसहरु पनि प्रक्रियामा रहेकोले हाल आप्रवासन सम्बन्धी समस्यामा पहिले भन्दा क्रमिक सचेतना अभिबृद्धि हँुदै गएको कैन्द्रलृ जनाएको छ ।

सुरक्षित आप्रवासन परियोजना गत मंसिरदेखि इलाममा सञ्चालन भईरहेको छ । इलाम नगर पालिका ,सुर्याेदय नगर पालिका, देउमाई नगर पालिका र माङ्सेबुङ्ग गाउँपालिकामा सञ्चालित परियोजनाले चारै पालिकामा वित्तिय साक्षरता र मनोसामाजिक परामर्श, गहन अभिमुखिकरण, सामुदायिक अभिमुखिकरण घरदैलो सचेतना साथै जिल्लाभर वैदेशिक रोजगारी सम्बन्धी समस्यामा निःशुल्क सुचना तथा परामर्श, निःशुल्क कानूनी सहायता, निःशुल्क सीप तालिमका लागि सिफारिस लगायतको कार्य गर्दै आइरहेको कार्यक्रमका परियोजना संयोजक इश्वरी तामाङ्गले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार