पहिरोले माङसेबुङका २ परिवार विस्थापित

  बालकृष्ण बस्‍नेत  423 पटक हेरिएको

माङसेबुङ : पहिरोका कारण इलामको माङसेबुङ गाउँपालिकाका २ घरपरिवार विस्थापित भएका छन् ।

३ दिनदेखि परेको लगातारको वर्षाका कारण पहिरोले घर जोखिममा परेपछि माङसेबुङ गाउँपालिका १ सिम्लेटारका जगत नेपालको परिवार विस्थापित भएको हो । घरमुनि पहिरो जान थालेपछि उनको घर जोखिममा परेको हो ।

घर जोखिममा परेपछि नेपालको ३ जनाको परिवार अहिले छिमेकीको घरमा शरण लिएर बसेका छन् । बुधबार दिउँसो करिब १ बजेबाट सुरु भएको पहिलोरले नेपालको घरको खम्बा र वालमा क्षति पुर्‍याएको छ ।

त्यस्तै सोही वडाका साङ्रेम टोलका जयकमार राईको परिवार पनि विस्थापित भएको छ । माथिबाट खसेको पहिरोले राईको घर पुरेको छ । ५ जनाको परिवार लिएर राई पनि छिमेकमा शरण लिन पुगेको  स्थानीय मणीकुमार लिम्बूले जानकारी दिए ।

वडाअध्यक्ष भक्तराज लिम्बूले भोलि नै आवश्यक सर्जिमन मुचुल्का गरि गाउँपालिकाबाट राहतको लागित पहल प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार