सुदिप र दिपेशलाई लकडाउनले सिकाएको सीप

सुदिप थेवे र दिपेश थेवे निर्माण गरेका बाँसका सामग्री ।

माज्ञजोगमाई : जिल्लाको माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङका सुदिप थेवे र दिपेश थेवे पटक-पटक ब्रिटिस आर्मी (बेलायती  सेना) को लागि प्रयास गर्दा पनि सफल हुन नसकेपछि विदेश जाने मोडमा थिए ।

सुदिपको त ओमनको लागि भिजा लागिसकेको थियो । दिपेशको पनि खाडी मुलुकबाट भिजा आउने तयारी हुँदै गर्दा विश्व महामारी कोरोनाले विदेशी मुलुकहरु आक्रान्त बनाएको थियो । यहि बेला नेपालमा पनि लकडाउन सुरु भयो । लकडाउन भएकोले विदेश जान पनि बन्द भए । गाउँघरमा काम पनि खासै थिएन । यसरी लकडाउनको कारण घुमफिर गर्न पनि बन्देज भएकोले यो खाली समयलाई कसरी सदुपयोग गर्ने भन्ने धेरै सोचामा परे । यहि सोचाइले मोबाईलमा युट्युव सर्च गर्दा बाँसबाट बन्ने सरसामानहरु र बनाउने तरिका हेरे ।

४/५ पटक यसरी हेरेर गर्न सकिन्छ कि भनेर गाँउघरमा खेर गएको बाँसलाई सदुपयोग गर्न युट्युवमा जस्तै बनाउन सुरु गर्दै जाँदा सुरुमै राम्रो बन्यो । त्यसैले पहिलो बनावटबाट खुशी भएर प्याङको पन्चमी बजारमा महिनाको १ हजारमा कोठा भाडा लिएर गाउँघरमा खेर गएको मलिबाँस बटुलेर कुर्सी, टेबल, लुगा राख्ने र्‍याक आदि बनाउन थाले । सुरुमा धेरैले नपत्याएको तर बनाएर बेच्न थालेपछि सबैले विश्वास गर्न थाले ।

उनीहरुले बनाएको सामानहरुको बजार खोज्नै परेन । ग्राहकहरु आफूलाई चाहिएको सामान लिन आफैं आउँछ्न् । गाउँमा नै एउटा कुर्सी १५ सय, टेवल ३ देखि ५ हजार, लुगा राख्ने र्‍याक २ हजार रुपैयाँ सम्ममा बनाएर बेच्न थाले । अहिले ग्राहकको माग अनुसार जे पनि बनाउन सकिने यी २ युवाको कथन छ ।

एउटा कुर्सी बनाउन २ देखि ३ दिनसम्म लाग्ने गर्छ । गाउँघरमा खेर गएको बाँसलाई सदुपयोग गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने उदाहरण दिन सकेका छन् यी दुई युवाले । यसरी काम गर्ने सिलसिलामा दिपेशले युट्युव सर्च गरेरै कपाल काट्न सिके । लगतै अर्को कोठा पनि भाडामा लिएर सैलुन खोले । सुरुमा गाउँमा पैसामा कपाल काट्दै जस्तो लागेको थियो दिपेसलाई । तर सैलुनमा पैसामा कपाल काट्न सेवाग्रही आउन थालेपछि उनी दङ्ग परे । थोरै समयमा सीप सिकेर गाउँमा नै अहिले फर्निचर र सैलुन चलाएर आफ्नो राम्रो आम्दानीको माध्यम बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार