अयोग्य भएको आरोप लागेपछि प्रधानमन्त्रीद्वारा राजीनामा

  नयाँ बुलन्द  260 पटक हेरिएको

unn.prixa.net

काठमाडौैं :  लेबनानका प्रधानमन्त्री हसन दियाबले आफ्नो सबै मन्त्रीसँगै पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री दियाबले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै मन्त्रिपरिषद्का सदस्यसहित आफूले राजीनामा दिएको बताएका हुन् ।

उनले यसअगाडि नै राष्ट्रपति माइकल आउनलाई राजीनामा दिएको समाचार एजेन्सीहरुले बताएका थिए । तर आधिकारिक घोषणा भने भएको थिएन ।

उनले राजीनामा दिनुभन्दा अगाडि केही मन्त्रीले राजीनामा दिइसकेका थिए । लेबनानका नागरिकले सरकारप्रति भ्रष्टाचार गरेको तथा अयोग्य भएको आरोप लगाएका छन् ।

 गएको मङ्गलबार लेबनानको एक खाद्यान्न भण्डारणमा आगलागी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार