इलामकाे मरब क्याम्पसमा जारी बिवाद फेरि बल्झियाे (भिडियो सहित)

इलाम : महेन्द्ररत्न बहुमुखी (मरब) क्याम्पस, इलाममा लामो समयदेखि जारी बिवाद फेरि बल्झिएको छ । क्याम्पसका सरोकारवालापक्ष यो वा त्यो कित्तामा चाहेर वा नचाहेर विभाजित हुन पुगेका छन् । क्याम्पसमा लामोसमयदेखि मडारिइरहेकोे कालो बादल अझै फाट्न सकेको छैन । यहि श्रृखंलाको क्रममा क्याम्पस प्रमुखले निमित्त क्याम्पस प्रमुखलाई दिइएको पत्र विवादको पछिल्लो कडी बनेको छ ।

इलाम क्याम्पसबारे सुनिएका, देखिएका पछिल्ला घटनाक्रमहरु पटक्कै शोभनिय छैनन् । पहिलो कुरा, शैक्षिक एवं प्राज्ञिक क्षेत्रमा राजनीति गर्नु हुँदैन । दोस्रो, शिक्षा शान्ति क्षेत्र हुनुपर्छ । अहिले जे सुनिएको छ, त्यसरी संस्थालाई अघि बढ्न दिनुहुन्न । पूर्वाग्रह रहितका शिक्षाप्रेमीहरुको पहलमा यो विवादलाई समाधान गरी स्थायी रुपमा अघि बढ्ने प्रण र प्रतिज्ञा सृजना गर्न आवश्यक छ ।

यसमा केही निष्पक्ष अग्रजहरु एवं क्षमतावान युवा समूह पनि सामेल हुनुपर्छ । साबिकको मेची अञ्चलमा सबैभन्दा पहिला खुलेको इलाम क्याम्पसले प्रारम्भिक कालदेखि शिक्षाको राम्रो जग बसाउँदै विगतमा त्रिभुवन विश्वबिद्यालयको आंगिक क्याम्पसको रुपमा पनि प्रथम भएर स्वायत्तता प्राप्त गरी हामी सबैको गौरब बढाएको तथ्य हामीले भुल्नु हुँदैन ।

त्यसमा आँच आउने कुनै पनि व्यवहार निन्दनीय नै हुन्छन । यस शिलशिलामा विवादपूर्ण राजनीतिक हस्तक्षेप क्याम्पसको छवि धमिल्याउने कुरा हो । क्याम्पस प्रमुखलाई बल पुग्ने कुरामा जोड दिइनु पर्छ । क्याम्पस प्रमुखले पनि कुनै पूर्वाग्रह नराखी निर्भिक भएर कार्य सम्पादन गर्न सक्नुपर्छ ।

हेर्नुस् पुरा भिडियो :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार