इलाममा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ पुग्‍यो

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा थप दुई जनामा कोरोना संक्रमित देखिएको छ ।

जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेका  इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको युवामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय इलामका कोडिभ–१९ फोकल पर्सन बिमल बरालले जानकारी दिए ।

बैदेशिक रोजगारका शिलशिलामा विदेश रहेका दुवै जनालाई जिल्ला प्रवेश गर्नसाथ क्वारेन्टाइनमा राखिएको थियो ।

दुवै जनालाई उपचारको लागि गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको बरालले जानकारी दिए ।  गत २० असारमा स्वाव संकलन गरी परिक्षणका लागि पठाइएको थियो ।

योसँगै इलाममा कोरोनाको संक्रमितको संख्या १३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार