माङसेबुङमा अनलाइन कक्षा शुरु


माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा अनलाइन कक्षा सुरु भएको छ । माङसेबुङ ५ स्थित सरस्वती माध्यमिक विद्यालयले कक्षा १२ का निम्ति परिक्षण अनलाइन कक्षा सुरु गरेको हो ।

कक्षा १२ को अनिवार्य अंग्रेजी विषयको रिभिजन कक्षा विहान साढे ६ बजेदेखि देखि ४० मिनेट संचालन भइरहेको शिक्षक आङबुहाङ अबोध अविरल (मनकुमार लिम्बू) ले जानकारी दिए । ‘अहिले परिक्षण अनलाइन कक्षा संचालन भइरहेको छ ’, आङबुहाङले भने ‘कक्षा ११ र १२ को अंग्रेजी र ऐच्छिक अंग्रेजी विषयको नियमित अनलाइन कक्षा संचालन गर्ने सोंच रहेको छ ।’

अनलाइन कक्षाका निम्ति एक दर्जन विद्यार्थी सम्पर्कमा रहेका र केही नियमित सहभागी भइरहेका छन् । परिक्षण अनलाइन कक्षाबाट अनलाइन कक्षा संचालन गर्दा आइपर्ने समस्याबारे अध्यायन भइरहेको छ । अनलाइन कक्षाका निम्ति आवश्यक इन्टरनेट, कम्प्युटर, मोवाइलजस्ता विद्युतीय उपकरणमा विद्यार्थीको पहुँच नहुनु र डिजिटल साक्षरताका अभावका कारण अनलाइन कक्षा कठिन भइरहेको आङबुहाङले बताए । अनलाइन कक्षामा अधिकांश विद्यार्थीहरुलाई सहभागी गराउन प्रयास भइहेको छ ।

सरस्वती माविमा कक्षा ११ र १२ मा एक सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

विश्वव्यापी कोराना समस्याका कारण लकडाउन गरिएकोले गत चैत ११ देखि पठन पाठन अवरुद्ध छ । पठनपाठनमा सामाजिक दुरी कायम गर्न अनलाइन कक्षा विकल्प भएको विज्ञहरुको मत रहेको छ । सरकारले आउदो असार महिनादेखि अनलाइन कक्षा संचालन गर्न छलफल गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार