विश्वमा कोरोनाका कारण ३ लाख ४६ हजार बढीको मृत्यु

  नयाँ बुलन्द
0 Shares

news

काठमाडौं : विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । ५४ लाख ९२ हजार बढी संक्रमित मध्ये २२ लाख ९९ हजार उपचार पछि निको भएका छन् ।

५३ हजार २ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । संक्रमितको संख्या १६ लाख ८५ हजार नाघेको छ ।

बेलायतमा २ लाख ५९ हजार संक्रमित मध्ये ३६ हजार ७ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख २९ हजार ८ सय संक्रमित र ३२ हजार ७ सय बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८२ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ३ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८२ हजार ८ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ७ सय बढीको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ६३ हजार २ सय बढी संक्रमित हुंदा २२ हजार ६ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ८० हजार ३ सय बढी संक्रमित र ८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ७४ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ४४ हजार ४ सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय नाघ्दा ४ हजार २४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म १ हजार १ सय ३३ जनाको मृत्यु हु्ँदा ५४ हजार ६ सय बढी संक्रमित भएका छन् ।(एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार