कोरोनाका कारण ३ लाख ८ हजार बढीकाे मृत्यु

  नयाँ बुलन्द
0 Shares

इलाम : विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ८ हजार ६ सय ४५ पुगेको छ । शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ४६ लाख २८ हजार ३ सय ५६ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म सबै भन्दा धेरै अमेरिकामा ८८ हजार ५ सय ७ जनाको मृत्यु भएको छ । बेलायतमा ३३ हजार ९ सय ९८, इटलीमा ३१ हजार ६ सय १०, स्पेनमा २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।

भारस संक्रमण भएकामध्ये हालसम्म १७ लाख ५८ हजार ३९ जना निको भएर घर फर्किसकेका छन् । २५ लाख ६१ हजार ६ सय ७२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजार ५ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार