माङसेबुङ २ मा सुनुयुमाकाे सरसफाई सम्बन्धि कार्यक्रम (फाेटाे फिचर)

बाँसबाट निर्मित ५१ ड्रस्बिन राखियाे

  स्पर्श अतित
0 Shares

बाँसबाट निर्मित ड्रस्बिन

माङसेबुङ :  यतिखेर विश्व काेराेना भाईरस (Civid-19) बाट युद्ध गरिरहेकाे छ । काेराेना भाईरस राेकथामकाे लागि नेपाल सरकारले लकडाउनकाे आह्वान गरेसँगै मानिसहरु गाउँ केन्द्रित भएका छन् । काेराेनाका कारण मानिसहरु स्वास्थ्य क्षेत्रमा पनि उत्तिनै संवेदनशिल बन्दै गएका छन् ।

सामाजिक दुरी कायम गर्दै..

एकातिर काेराेनाकाे त्राससँग जुधिरहेका गाउँका मानिसहरु काममा सक्रिय रहँदा काेराना नलाग्ने विश्वास गर्छन् । हुन त गाउँमा काेराेनाले खासै प्रभाव पारेकाे देखिन्न । सायद भित्र-भित्रै प्रभाव नै पारेता पनि गाउँका मान्छेहरुलाई काेराेनाकाे पीर भन्दा पनि आफ्ना खेतवारीका खेती-बाली कहिले सक्ने भन्नेमा पीर गर्छन् । पशुपालन या कृषि पेशालाई मूख्य पेशा बनाएका गाउँका मानिसहरुकाे दिनचर्या काेराेनाकाे कारण त्यति भिन्न देखिन्न । तर विहान वेलुका सुनेका र हेरेका काेराेनाले विश्वमा पुर्याइरहेकाे क्षतिले भने त्रसित बनाईरहेका छन् ।

सरकारले  कुनै किसिमका सार्वनजनिक कार्यक्रमहरु नगर्न निर्देशन गरेसँगै यससँग पनि मानिसहरु संवेदनशिल भएका छन् । तर सरकारले ताेके बमाेजिमकाे सामाजिक दुरी कायम गर्दै साना साना कार्यक्रमहरु भने गर्दै आएका छन् । विभिन्न संघ संस्ठाहरु सरसफाई लगायत जनचेतनामूलक कार्यक्रमहरुमा भने धेरथाेर सक्रिय देखिन्छन् ।

यसैबिच माङसेबुङ गाउँपालिका वडा नं. २ का युवाहरुले वातावरण सरसफाई सम्बन्धि कार्यक्रम सम्पन्न गरेकाे छ । सुनुयुमा विकास संस्था माङसेबुङ २ ले स्थानीय गाउँमा बाँसबाट निर्मित ड्रस्बिन राख्ने कार्यक्रम सम्पन्न गरेका छन् । शनिबार सम्पन्न कार्यक्रममा स्थानीय चाेक्टे गाउँ, आहाले गाउँ र नेम्बाङ गाउँका ४४ घर-घरमा ड्रस्बिन राखेका छन् । त्यस्तै घर-घरसँगै फलैँचा तथा सार्वजनिक स्थलहरु गरी ५१ वटा बाँसका ड्रस्बिन राखेका छन् ।

 

कार्यक्रम माङसेबुङ वडा नं. २ काे युवा लक्षित कार्यक्रम अन्तर्गतकाे सहयाेगमा सुनुयुमा विकास संस्थाले आयाेजना गरेकाे संस्थाका अध्यक्ष उत्तरवहादुर लिम्बूले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार