भारतमा कोरोना संक्रमितको संख्या १२,७५९ पुग्यो : ४२३ जनाको मृत्यु !

  नयाँ बुलन्द
0 Shares

एजेन्सी : कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ४ सय २३ पुगेको छ । संक्रमितको संख्या १२ हजार ७ सय ५९ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भने संक्रमणको दर कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा १७ जना नयाँ संक्रमित भएका दिल्ली सरकारले जनाएको छ । तर मुम्बइ र इन्दौरलगायतका शहरमा संक्रमण ह्वात्तै बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार