तीर्थ यात्रामा निस्केका १४ नेपाली भारतको आन्द्र प्रदेशमा अलपत्र

  उपेन्द्र येक्तेन
0 Shares

पाँचथर : तीर्थ यात्राका लागि निस्किएका १४ नेपाली भारतको आन्द्र प्रदेशमा अलपत्र परेका छन । पाँचथर फालेलुङ गाउँपालिका–१ का ३ जना सहित झापा र मोरङ जिल्लाबाट चारधाम यात्राका लागि त्यहाँ पुगेका नेपाली लकडाउनका कारण अलपत्र परेका हुन ।

यहाँ यातायात चलेको छैन । किनेर खाने ठाउँ पनि छैन । साता दिन देखी सडकमै रात कटाइरहेका छौ । पाँचथर फालेलुङ–१ का भेषराज खतिवडाले टेलिफोन मार्फत – १४ जनाको टोली अलपत्र परेको जानकारि दिए ।

अहिले दक्षिणी भारतको चेन्याइ भन्दा ६० किलोमिटर टाढा सडकमा रहेको उहाँले वताउनुभयो । कोरोना संक्रमण संगै भारतमा २१ दिने लाकडाउन सुरु भएपछि यातायातका साधन बन्द भएका छन ।

सडकमा रुँगेर बसेको भने पनि यातायात नचल्दा आफुहरु अलपत्र अवस्थामा रहेको उनीहरुले वताएका छन् ।

उनीहरु रहेको क्षेत्रमा बस्तीमा बसेर बस्ने अवस्था छैन । स्थानीयले बास दिन मानिराखेका छैनन । सडकमा पार्क गरेर राखेका सवारीमा रात बिताउनुपरेको टेलिफोन सम्पर्कमा खतिवडाले वताए ।

चार दिन यता आफुले बोकेको खाना र पानि समेत सकिएपछि उनीहरुको बिचल्ली भएको छ । स्थानीय प्रहरीले आफै सुरक्षित स्थान खोजेर बस्न भनेको भए पनि त्यस्तो अवस्था छैन । यस अघि तिर्थ यात्रामा लैजाने ट्राभल एजेन्सी संग सम्पर्क गर्दा भारत पुरै बन्द भएका कारण हाललाई आफुहरुले केही गर्न नसक्ने जवाफ दिएको उनीहरुले बताएका छन् ।

२१ फागुनमा भारतको सिलिगुडीबाट दक्षिण भारत पुगेका उनीहरुको ११ चैत्रको सिलिगुडी आउने रेलको टिकट तय भएको थियो । बिचमा लक डाउन सुरु भएपछि उनीहरु अलपत्र परेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार