कोरोना महामारी नियन्त्रण बाहिर, एकैदिन ५ सयको मृत्यु

  नयाँ बुलन्द
0 Shares

news

एजेन्सी : कोरोना भाइरसका कारण यूरोपका तिन देश इटाली, फ्रान्स र स्पेनमा एकैदिन ५ सयको मृत्यु भएको छ । इटालीमा हिजोमात्रै ३ सय ६८ जनाको मृत्यु भएको छ । यो सँगै इटालीका कोरोनाभाईरसबाट ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ । स्पेनमा हिजो ९७ जनाले ज्यान गुमाएपछि मृतकको संख्या २ सय ८८ पुगको छ भने फ्रान्समा हिजो एकै दिन २९ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा हिजो १४ जानाले भाईरसको संक्रमणको कारण ज्यान गुमाएका छन् । युरोपका देशहरु अहिले कोरोना भाईरसको महामारीको केन्द्रबिन्दु बनेका छन् । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार