पवित्रहाङमा कप : उपाधिका लागि माङसेबुङ र लेटाङ भिड्ने

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङमा जारी १० औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधिका लागि एपीएफसी माङसेबुङ र लेटाङ फुटबल क्लव मोरङबीच प्रतिष्पर्धा हुने भएको छ ।

मंगलबार भएको अन्तिम सेमीफाइनलमा माउन्ट एभ्रेस्ट स्पोटिङ क्लब सुनसरीलाई टाईब्रेकरमा ५–४ अन्तरले पराजित गर्दै लेटाङ मोरङ फाईनलमा प्रवेश गरेको हो । जितसँगैलेटाङले आगामी २  फागुनमा हुने फाइनलमा एपीएससी माङसेबुङसँगको भेट पक्का गरेको हो ।

पहिलो हाफ सम्म दुबै टोलीबाट थुप्रै अवसरहरु पाएपनि गोल भने गर्न सकेनन् । मध्यान्तर पछि भने खेलको पाचौं मिनेटमा मुना मगरको गोलमा माउन्ट एभ्रेस्ट सुनसरीले अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा लेटाङ मोरङका मेका खजुमले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि भने दूबै टीमबाट गोल हुन नसकेपछि ट्राईब्रेकरमा धकेलीएको हो । खेलको वुमन अफ दी म्याच लेटाङ मोरङकी कल्पना कार्की घोषीत भईन् ।

यसअघि सोमबार भएको पहिलो सेमीफाइनलमा चुलाचुली गाउँपालिका खेलकुद विकास समिति इलामलाई ४-० को फराकिलो अन्तरमा पराजित गर्दै एपीएससी माङसेबुङ फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्नेछन् ।

आगामी फागुन २ गते फाइनल हुने प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले ५ हजार १ सय ६४, दोस्रोले ४ हजार १ सय ६४, तेस्रोले ३ हजार ३ सय ६४ र सान्तवना हुनेले २ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

विगत वर्षहरुझैं यसवर्ष पनि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा प्रतियोगिता संचालित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार