धार्मिक पर्यटकीय स्थल ‘माङमालुङ’ कसरी पुग्‍ने ?

  राम योङहाङ  291 पटक हेरिएको

इलाम : इलाममा रहेका विभिन्न धार्मिक पर्यटकी स्थलहरुमध्ये एक हो माङमालुङ । माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ मा पर्ने माङमालुङ पछिल्लो समय पर्यटकहरुको रोजाइको स्थल बन्ने गरेको छ । इलाम सदरमुकामदेखि करिव १५ कोष पश्चिममा अवस्थित माङमालुङ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाईमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

माङमालुङको छुटै मौलिक पहिचान र चिनारी रहेको छ । माङमालुङ ऐतिहासिकप्राकृतिकपुरातात्विकपर्यटकीय महत्व बोकेको एक पवित्र धार्मिक क्षेत्र मानिन्छ । विविधताले भरिपूर्ण मनमोहक माङमालुङ घुम्न आउने जो कोही पनि यसको वर्णन गर्न चुक्दैनन् ।

यहाँ उधौली र उभौलीमा गरी वर्षामा दुई पटक पूजापाठ हुने गरेको छ । विशेष गरी किरात धर्मावलम्बीहरुको उपस्थिती रहने गरेको भएपनि यस क्षेत्रमा सबै प्रकारका धर्मावलम्बीहरु आउने गरेका छन् । सबै प्रकारका धर्मावलम्बीहरुका लागि माङमालुङ आस्थाको केन्द्रविन्दु बन्न पुगेको छ । यहाँका मठमन्दिरमा बलि पूजा नगर्नु यसको प्रमुख विशेषता हो । पूजा आजाका लागि यहाँ सबै धर्मावलम्बीहरुले सात्विक तरिका अपनाउँछन् ।

कान्छी औंलाले समेत सजिलै हल्लाउन सकिने ढुङ्गा (चक्रशिला) ।

यहाँ जो कोही पनि अनौठो ढुङ्गाको रहस्यमा परेर फर्कन्छन् । यहाँका आगन्तुकहरु सो ढुङ्गा नहेरी फर्कदैंनन् । यो ढुङ्गाको छुट्टै आकर्षण छ । त्यस ढुङ्गालाई चक्रशिला भनिएको छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई एक औंलाले सजिलै हल्लउन सकिन्छ तर त्यहाँबाट हटाउन भने सकिदैंन ।

यहाँ यसका साथै विभिन्न आकृतिका ढुङ्गा देख्न पाईन्छ । यी शिला पत्थरमा पनि विभिन्न आकृति प्राकृतिक रुपमा कुँदिएका छन् । यसकारण यो ठाउँलाई प्राकृतिक शिलाहरुको अत्भसत स्थल नै भन्ने गरिएको छ । माङमालुङमा औपचारिक पूजा गर्न थालिएको साढे तीन दशक जति भएको पाईन्छ । यसको उत्पति भने तीन सय वर्ष अघि भएको अनुमान स्थानीय बासिन्दाको छ ।

कसरी पुग्‍ने माङमालुङ ?

माङमालुङ पुग्न इलाम जिल्ला सदरमुकादेखि पैदल हिँडे एक दिन लाग्न सक्छ । सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँकेघुर्पिसे पञ्चमीरवी हुँदै र अर्को बाटो इलामकै मंगलबारेगजुरमुखीइभाङ हुँदै गाडीबाट पनि पुग्न सकिन्छ । झापाको दमकदेखि गाडी चढे रतुवा खोलको किनारैकिनार त्यसपछि माङसेबुङ भएर तीन घण्डामा माङमालुङ पुग्न सकिन्छ । यो मोटरबाटो निर्माणाधीन दमक रवि सडक (फाल्गुनन्द मार्ग) हो ।

पैदल यात्रुले दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगेटोड्के कुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ । यो बाटो पदयात्राको लागि आर्कषक गन्तव्य बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यसका साथै माङमालुङ क्षेत्र भएर इलाम र पाँचथरको सीमावर्ती राँके भएर धनकुटाको राजारानी हुँदै सुनसरीको धरान जोड्ने मोटरबाटो निर्माणधीन छ ।

मुख्य आर्कषणहरु

माङमालुङ/विजुवानी ढुङ्गा (सात चीरा)

विजुवानीले सात चिरा पारेको  विजुवानी ढुङ्गा (थालाचेप्पा)

किंवदन्तीका अनुसार विगतमा यो डाँडामा रहेको पोखरीको नागले बटुवा र गोठालादाउरा घाँस गर्न जाने स्थानीय बासिन्दालाई दुःख दिने गर्दथ्यो । नागले हैरानी दिएकै समयमा यो क्षेत्रमा एक जना माङमा (विजुवानी महिला) आईपुगिन् । स्थानीय वासीले माङमासमक्ष नागले हैरानी पारेको दुखेसो गरे । तब माङ्ले स्थानीय वासीलाई नागको पीडाबाट मुक्त गराउने बचनबद्धता गरिन् ।

स्थानीयवासीलाई आफू मरे दूध बग्ने र नागको मृत्यु भए रगत बग्ने बताएर उनी नागसँग संघर्ष गर्न पोखरीमा पसिन् । पोखरीमा पस्नुअघि उनले पोखरी छेउमा रहेको शिलामा घाम तापिरेहेको नागलाई कासँको थालले प्रहार गरिन् । यो शिला सात चिरा भयो । जुन अझै हेर्न सकिन्छ । त्यसपछि नाग पोखरीमा पस्यो । माङ्मा पनि पोखरीमै पसिन् । भीषण भिडन्त भयो । अन्ततः पोखरीमका रगत देखियो । तापनि नागको मृत्यु भने सम्भव भएन । नाग पोखरीबाट भागेर अन्यत्र गयो ।

यहीबाट यस ठाउँको नाम माङ्माले नाग भगाउने क्रममा शक्ति प्रदर्शन गरेको ढुङ्गा (लुङ) लाई आधार मानेर वान्तवा नेपाली भाषामा माङमालुङ रहन गएको हो । यसलाई लिम्बू नेपाली भाषामा थालाचेप्पा पनि भन्ने गरिएको पाईन्छ । त्यही समय नागको रगतले पोखरीबाट रगतसहितको पानी बगेर खोल्समा मिसिएकाले अपभ्रशं भएर खस नेपाली भाषामा रत्तुवा खोलाको नामाङकरण भएको मानिन्छ । यो खोलाको शिर माङमालुङढेङगुरे डाँडा र तीनथुम्की डाँडा हो ।

धार्मिक पर्यटकीयऐतिहासिक एवं पुरातात्विक क्षेत्र

माङमालुङ खासगरी धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । यहाँ विगत साढे तीन दशकयता उभौली र उधौली गरी वर्षमा दुई पटक विशेष पूजा पाठ गरिदैं आएको छ । अन्य समयमा पनि पूजाआजको क्रम जारी रहन्छ । खासगरी यो ठाउँ अहिंसोपाषक गुरु ज्योतिनन्दको तपस्या स्थल हो । महाप्रभु ज्योतिनन्दपछि अन्य थुप्रै गुरुहरुले यहाँ तपस्या गरेका छन् । यहाँ कसनै पनि प्रकारको बलि भोग प्रतिबन्धित छ । यहाँ समत्विक तवरबाट पूजाआजा हुने गरेको छ । यस क्षेत्रमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले पनि तपस्या गरेको पाईन्छ । तपस्या स्थाललगायत यहाँका विविध पक्षलाई हृदयङकन गर्दा माङमालुङ ऐतिहासिक एवं पुरातात्विक महत्वको रहेको स्पष्ट हुन्छ ।

प्राकृतिक शिलाहरुको अद्‍भूत संगम स्थल

यहाँका शिला पत्थरमा कँदिएका विभिन्न पशू पन्छीदेखि र देवीदेवताको आकृति हेर्दा यो ठाउँ अदभूत स्थल हो । उत्खनन हुन बाँकी रहेको गुफापहरा अनि बाघढुङ्गा बेउलाबेउली ढुङ्गालगायत विभिन्न प्रकारका खोज अनुसन्धानमूलक पक्ष यस क्षेत्रमा रहेका छन् । अर्को तर्फ अचम्मकामे ढुङ्गाजसले आगन्तुकलाई आश्चार्यचकित नपारी रहन सक्दैन । एक औंलाले हल्लाउन सकिने यो ढुङ्गालाई चक्र शिला भनिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण

माङमालुङको हरियाली चियाबारी ।

माङमालुङ प्राकृतिक सौन्दयले भरिपूर्ण क्षेत्र हो । यहाँ विभिन्न प्रजातीका वनस्पतिबोटविरुवाजीवजन्तुराचुरुङ्गीरंगीचंगीहरु नजिर्कबाट नियाल्न सकिन्छ । यहाँका गुराँसेडाँडा (रमिते)ढेङ्गुरेतीनथुम्की र हस्टेडाँडालगायतका क्षेत्र सर्योदय र सर्यास्त दृश्यावलोकनका लागि  समेत उपयुक्त क्षेत्र हुन् । यहाँबाट हिमश्रृङ्खलादेखि तराईका विभिन्न क्षेत्रको नजर गर्न सकिन्छ । वनभोजका लागि उपयुक्त स्थल समेत उपलब्ध छ । यसका साथै माङमालुङ चिया बगानले यस क्षेत्रका आगन्तुकलाई प्राकृतिक सुन्दरतामा भुलिन थप मद्दत गर्छ ।

खेलकुदका लागि चित्रेस्थित डोल खेलमैदान सम्भाव्य क्षेत्र हुन् । यी मैदानहरु निर्माणका लागि उचित पहल हुने हो भने खेलकुदका लागि स्थानीय तहमा मैदानको अभाव खड्किेने छैन ।

राष्टिय विभूती महागुरु फाल्गुनन्द र अहिंसोपासक गुरु महाप्रभु ज्योतिनन्दको जन्मस्थल

महागुरु फाल्गुनन्दको जन्म माङमालुङदेखि आधा घण्टाको दूरीमा रहेको माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङको चुक्चीनाम्बामा भएको थियो । चुक्चीनाम्बामा लिङ्देन लिम्बू परिवारमा जन्मिएर धार्मिक यात्रा तय गरेका फाल्गुनन्दले् समाजसुधारका काम जन्मस्थलमै फर्किएर थालेका थिए । उनले त्यहाँ पहिलो पटक मन्दिर निर्माण गरेका थिए । महागुरु ज्योतिनन्दको जन्म पनि माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा नै भएको थियो । उनले माङमालुङमा तपस्या गरेका थिए ।

धर्मगुरुहरुको गाउँ

माङमालुङले धार्मिक पर्यटकीय ठाउँको पहिचान पाउनुमा यस क्षेत्रको धर्मावलम्बीहरुको महत्वपूर्ण स्थान छ । यस क्षेत्रका विभिन्न धर्म तथा सम्प्रादयका गुरुहरुको बाहुल्यता छ । फाल्गुनन्दज्योतिनन्ददेखि आत्मनन्द र सचितानन्द लगायत जोसमानी सम्प्रदायका गुरुहरु यस क्षेत्रमा अधिक छन् । यतिमात्र नभई साना साना समूहमा रहेका अन्य धर्मावलम्बीहरुको संख्या पनि कम छैन ।

विभिन्न जातजातीहरुको बसोबास

माङमालुङ आसपासमा राई र लिम्बू जातीहरुको बाहुल्य छ भने बाहुनक्षेत्रीमगरकामीदमाईलगायत विविध जातिको बसोबास छ । जातीय विविधताअनुसार भाषिकधार्मिक तथा साँस्कृतिक बाहुल्यता रहिआएको छ ।

स्थानीयको आयश्रोतको माध्यम

माङमालुङ क्षेत्रमा पर्ने स्थानीयवासीको आयआर्जनको मुख्य बाटो कृषि हो । यसका साथै पछिल्लो चरण वैदेशिक रोजगारमा जाने र यसैमा आश्रित हुनेको संख्या पनि बढ्दो छ । कृषितर्फ अलैंचीकूचोअदुवाचियास्कूस लगायत खाद्यान्न बाली मकैआलु मुख्य हुन् । व्यापारीक हिसाबले चिसोपानी पञ्चमी बजार पाँचथरको दक्षिणी र इलामको दक्षिण पश्चिमी क्षेत्रका लागि केन्द्र मान्न सकिन्छ । यसका साथै माङमालुङ बजार र चतुरे बजार पनि व्यापारीक केन्द्रतर्फ उन्मुख छन् ।

नजिकै रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु

गजुरमुखी धाम ।

माङसेबुङ गाउँपालिका वडा नम्बर १ को गजुरमुखीधाम५ को माङसेबुङइलाममोरङ्गधनकुटापाँचथरको सीमामा पर्ने मिक्लाजुङपाँचथर जिल्लाकै दोश्रो व्यपारीक केन्द्र रवि छन् ।

माङसेबुङ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार