कोदो खेतीमा किसानको आकर्षण घट्दै

  नयाँ बुलन्द  238 पटक हेरिएको

इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नं २ का मित्रकुमार खड्काको बारीमा ४ वर्ष अघिसम्म बारीभरी कोदो रोपेका हुन्थे । पहिले बारी भरी कोदो देखिन्थ्यो तर अहिले त्यही बारीमा अदुवा रोपेका छन भने केही बारी बाँजै छोडेका छन् । फाकफोकथुम गाउँपालिका वडा नं. १ का टिका निरौला पनि ३ वर्ष अघिसम्म कोदो रोप्नमा व्यस्त हुन्थे । तीन वर्ष अघि पाँच मूरीसम्म फलाएको बताउने निरौलाको पाँच मूरी कोदो फलेको बारी अहिले बाँजै छ । उनले अहिले पहिलेको जस्तो कोदो रोप्न छाडेका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नं ६ का मात्रिका पौडेल पनि पहिले कोदो खेती गर्थे । अहिले कोदो खेती पहिले जस्तोत गाउँमा कसैले नगरेको उनको भनाई छ । उनी भन्छन् पहिले खान दुख थियो मकैर कोदोको ढिँडो खानु पर्थाे त्यसैले पनि कोदो खेती गर्ने चलन थियो अहिले कामै नगरी खान पाए हुन्थ्यो जो गर्छन् त्यसैले पनि कोदो रोप्न छाडेका छन् । पौडेल भन्छन अहिलेका मानिस नेपालमा केही गर्न सकिँदैन भनेर खाली विदेश मात्र जान्छन । आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने यूवामा भएन भने पहिलेका परम्परागत बाली कोदो, फापर, गहुँ,जस्ता बाली देख्न नपाँइने पौड्ेलको भनाई छ ।

माङसेबुङमा परम्परागत रुपमा गरीदै आएको कोदो रोप्ने, फापर हान्ने चलन थियो तर हाम्रो पालोमा आइपुग्दा खेती गर्न छाडेको मात्रिका खड्का बताउछन । खेती लगाउँदाको खर्च नउठ्ने भएर पनि खेतीमा चासो नबढेको कृषक बताउँछन् । पहिले कुनै पनि बारी बाँजो हुँदैन थियो बरीभरी कोदो फलेको देख्न पाइन्थ्यो तर अहिले कती बरी बाँजै छन् त कतीमा अन्य खेती पनि लगाएका छन् । कोदो खेतीबाट आम्दानी लिन नसकेकाले पनि कृषकले अन्य बाली अगाउन थालेको पाइन्छ ।

तीन वर्षअघि ५ मूरी कोदो फलाएका निरौला भन्छन कोदो रोप्ने बेलामा खेतालानै पाइँदैन । बरी खन्नुपर्ने हुन्छ युवा जति विदेशमा छन रोप्छु भनेर मात्र हुँदैन कामगर्ने मान्छेनै नभएपछि त्यसैले थोरै रोप्नेगरेको छु । उनी भन्छन खेताला लगाएर कोदो रोपो तर फाईदाचै हुँदैन । मैले बाली मासी गएको छुइन आफूलाई आवश्यक पर्नेजति मात्र देती गरेको निरौला बताउछन । इलाममा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ । परम्परा गत बालीको महत्व नबुजी अन्य नगदे बालि लगाउन थालेकाले कोदो खेती लोप हुदै गएको हो । वर्षे खेतीको रुपमा लगाइने बाली पहिले गाउँका टारबारी भरी कोदो देखिन्थ्यो तर अहिले,अलैँची अदुवा, कफि जस्ता बाली लगाउन थालेका छन् ।

सडक सञ्जाल विस्तार भएसँगै तराईबाट चामल, गहुँ भित्रिन थालेपछि कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो । कम मूल्य भएकाले धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिने र खेती लगाउँदाको लागत उठाउन गाह्रो भएकाले पनि कोदो खेती मासिन थालेको भनाई छ ।
कोदोको ढिँडो, रोटी, पुवा र खोले बनाएर खाने चलन छ । कोदो बालबालिकाको लागि सबैभन्दा उत्तम मानिन्छ । कोदो गर्भवती महिला र विभिन्न उमेरका मानिसका लागि परिवर्तित खाद्यको रूपमा पनि यसलाई लिइन्छ । कोदो पौस्टिक आहारको रुपमा सबैभन्दा राम्रो बाली भएपनि महत्वका बारेमा थाहा नहुँदा कोदो खेती गर्ने चलन हराएको पाइन्छ । कोदो खेतीलाई घुसुवा बालीको रुपमा पनि लिने गरिन्छ ।

फागुनमा मकै हानेको बारीमा मकै नपाकी कोदो रोप्न सकिन्छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकै पाक्ने बेलामा घुसुवा बालीका रूपमा लगाइने कोदो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि त्यसरी खेती गरेको देखिँदैन । परम्परागत बालीलाई जोगाउन पनि कोदो खेती गर्न आवश्यक देखीएको छ । कोदो खेती जेठको दोश्रो हप्ता देखि असारको पहिलो हप्ता भित्रमा कोदो छर्ने गरिन्छ । असारको अन्तिम हप्ता देखि साउनको पहिलो हप्ता भित्र छरुवा कोदो रोप्ने समय हो । असारमा रोपेको कोदो कात्तिकमा पाक्दछ ।

समुद्रसतहदेखि १८०० मिटर उँचाइसम्ममा यसको खेती गर्न सकिन्छ । यसमा क्यालसियम, फस्फोरस र फलामको मात्रा प्रचुर हुन्छ । केही पहाडी क्षेत्रमा यो सानो खाद्यान्नको रूपमा उब्जाउ गरिन्छ, जसलाई अन्न र गाईवस्तुको आहार दुवै हिसाबले उत्पादन गरिन्छ । देशका उत्तरी पहाडी भेकमा कोदो प्राय रोटी बनाएर खाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार