माङ्सेबुङ ३ ‘ए’ र माङ्सेबुङ २ ‘बी’ विजयी

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ ढुङ्गेडाँडामा जारी वडास्तरिय फूटबल प्रतियोगिताको पहिलो चरण अन्तरगत अन्तिम खेलमा माङ्सेबुङ ३ ‘ए’ र माङुसेबुङ २ ‘बी’ बीजयी हुंदै दोस्रो चरणमा प्रबेश गरेको छ । प्रतियोगिताको तेस्रो दिन पनि दुई खेल सम्पन्न भएका छन् ।

आइतबार भएको पहिलो खेलमा माङसेबुङ ४ ‘ए’ लाई ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ ३ ‘ए’ दोश्रो चरणमा प्रबेश गरेको हो ।
दोस्रो खेलमा माङसेबुङ ५ ‘बी’ लाई २–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ २ ‘बी’ दोश्रो चरणमा प्रबेश गरेको हो ।

प्रतियोगिता अन्तरगत सोमबार दोस्रो चरणका दुई खेल संचालन हुने भएका छन् । पहिलो खेलमा माङसेबुङ १ ‘ए’ ले माङसेबुङ ६ ‘ए’ को सामना गर्ने भएको छ । त्यसैगरि सोमबारनै हुने दोस्रो खेलमा माङसेबुङ १ ‘बी’ ले माङसेबुङ ३ ‘बी’ को सामना गर्नेे आयोजक समितिका सचिव धडकन सङबाङफेले बताए् ।

आइतबार सम्पन्न पहिलो खेलबाट माङसेबुङ ४ ‘ए’ का सुमन राई र दोस्रो खेलबाट माङसेबुङ ५ ‘बी’ का मौसम लिम्बु म्यान अफ दी म्याच घोषित भएका छन् । माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल खेल ४ मंसीरमा हुने छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को खेलकुद विकास क्षेत्रमा विनियोजित बजेटबाट प्रतियोगा संचालन गरिएको आयोजक समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए् ।

प्रतियोगितामा ६ वटा वडाका १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता स्थानीय महेन्द्रद्धय माविको खेलमैदानमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार