माङसेबुङको सामाटारमा जारी फूटसलमा आइतबार ६ खेल सम्पन्‍न

माङसेबुङ : इलामको  माङसबुङ ३ सामाटारमा जारी खुल्ला अकआइट फूटसल प्रतियोगितामा आइतबार ६ खेल सम्पन्न भएका छन् । प्रिक्वार्टर चरणका दुई र क्वार्टर चरणका चार खेल सम्पन्न भएका हुन् ।

खेलमा पहिलो खेलमा दशमी साकफारालाई २ का बिरुद्ध ३ गोल गर्दै आयोजक फाल्गुनन्द विकास संस्था ‘बी’ क्वार्टरफाइनल प्रवेश गरेको थियो भने दोस्रो खेलमा माङ्सेबुङ्-२ लाई 0 का बिरुद्ध १ गोल गर्दै माङ्सेबुङ-३, मलिबासे क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

आइतबार  नै क्वार्टर फाइनलका खेलहरु पनि सम्पन्न भएका छन् । पहिलो क्वार्टर फाइनल खेलमा माङ्सेबुङ-३, चतुरेलाई टाईब्रेकरमा ० का बिरुद्ध १ गोल गर्दै थुमथुमे ‘ए’ कुरुम्बा सेमीफाइनल प्रवेश गरेको छ ।

दोस्रो क्वार्टरमा माङ्सेबुङ-३, मानपुरलाई ० का बिरुद्ध १ गोल गर्दै थुमथुमे ‘बी’ कुरुम्बा सेमीफाइनल प्रवेश गरेका हो । तेस्रव क्वार्टर फाइनलमा पथरी मोरङलाई ३ का बिरुद्ध ४ गोल गर्दै आयोजक ‘बी’ र चोथो तथा अन्तिम क्वार्टरमा माङ्सेबुङ-३, मलिबासेलाई २ का बिरुद्ध ४ गोल गर्दै आयोजक ‘ए’ सेमीफाइनल प्रवेश गरेको छ ।

सेमीफाइनलका दुवै र फाइनल पनि सोमबार हुनेछन् ।  पहिलो सेमीफाइनलमा आयोजक ‘बी’ र थुमथमे ‘ए’ कुरुम्बा पाँचथरबीच तथा दोस्रो  सेमीफाइनलमा आयोजक ‘ए’ र थुमथुमे ‘बी’ कुरुम्बा पाँचथरबीच हुनेछन् ।

प्रतियोगिताका विजेताले नगद २० हजार ७६ र उपविजेताले नगद ११ हजार ७६ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाका सचिव प्रविन लिम्बूले जानकारी दिए । त्यस्तै सर्वोत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्ताले मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।

फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ गुरुङगाउँको आयोजनामा जारी प्रतियोगितामा इलाम, पाँचथर र मोरङका गरी ३२ टिमको सहभागिता थियो । यो प्रतियोगिता तेस्रो संस्करणको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार