माङसेबुङ ३ सामाटारमा फूटसल प्रतियोगिता सुरु

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ सामाटारमा बुधबारदेखि फूटसल प्रतियोगिता सुरु भएको छ । फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ को आयोजनामा प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा चतुरे, मानपुर, चिवुवा ‘ए’ र ढुङ्गे विजयी भएका छन् । पहिलो खेलमा सिम्लेलाई १-० गोल अन्तरले पराजित गर्दै चतुरे , चित्रेलाई ३-१ गोल अन्तरले पराजित गर्दै मानपुर, सिङलाबुलाई १-० गोल अन्तरले पराजित गर्दै चिवुवा ‘ए’ र  चिवुवा ‘वी’ लाई १-० गोल अन्तरले पराजित गर्दै ढुङ्गे विजयी भएको हो ।

प्रतियोगित अन्तरगत विहीबार ६ खेल हुनेछन् । पहिलो खेलमा लाक्तापा र साविक इभाङ ४ ‘ए’, दोस्रो खेलमा थुमथुमे पाँचथर ‘ए’ र सिम्ले, तेस्रो खेलमा थुमथुमे ‘बी’ र केराबारी इलाम, चौथो खेलमा मान्द्र एफसी र जनसाहित्य कोशेली किरण युवाक्लब, पाँचौ खेलमा गैरीगाउँ ‘ए’ इलाम र सिक्तेम्बा पाँचथर नथा अन्तिम खेलमा गैरीगाउँ ‘बी’ र साविक इभाङ ४ ‘बी’ प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा इलाम र पाँचथरका गरी ३२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद २० हजार ७६ र उपविजेताले नगद ११ हजार ७६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुने आयोजक संस्थाका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार