फाकफोकथुम ५, एथलेक्टिस फाकफोकथुम ११ र हिमशिखर युवा समूह क्वार्टरमा

  गोविन्द लामिछाने
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा जारी तेस्रो सिरिजंगा खुल्ला नकआउट फुटबल प्रतियोगितामा फाकफोकथुम ५, एथलेक्टिस फाकफोकथुम ११ र हिमशिखर युवा समूह क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

एनएसटि फूएतप्पा र फाकफोकथुम ५ बीच भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि गोलको निर्णय टैइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा २–४ को अन्तर बनाउँदै फाकफोकथुम ५ लुम्देले आफ्नो क्वाटर फाइनलको यात्रा तय ग¥यो ।

फुङवा युवा समूह फूएतप्पा र एथलेक्टिस फाकफोकथुम ११ बीच भएको दोस्रो खेलमा पनि निर्धारित समयमा गोल हुन सकेन् । टाइब्रेकरमा २–४ गोल अन्तरले एथलेक्टिस क्वाटर फाइनल प्रवेश गरेको हो ।

हिमशिखर युवा समूह र केएफसि आमचोक बीच भएको तेस्रो खेलमा हिमशिखरले दोस्रो हाफमा ३ गोल गरेर जीत निकाल्यो ।

सिरिजंगा सांस्कृतिक परिवार फाकफोकथुम–३ को आयोजनामा शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिकालगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका ३६ टीमको सहभागिता रहेको छ ।

५२ हजार पुरस्कार राशीको खेलमा उपविजेताले २६ हजार नगद, मेडल र प्रमाण पत्र पाउनेछन् । खेलमा उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका सल्लाहकार हिमेस लिम्वूले जानकारी दिए ।

प्रतियोगितामा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सिरिजंगा साँस्कृतिक परिवारले गरेको योगदानको उच्च मुल्याङकन गरे । उनले व्यक्तिगत रुपमा प्रतियोगितालाई पाँच हजार ५५५ रुपैयाँ सहयोग समेत प्रदान गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले १० हजार व्यक्तिगत सहयोग गरेका छन । सिरिजंगा सांस्कृतिक परिवारलाई गाउँपालिकाको तर्फबाट २० हजार सहयोग प्रदान गरिएको छ ।

प्रतियोगितामा सहयोगी हातहरु समेत बढ्दै गएका छन् । प्रतियोगितालाई स्थानीय यामप्रसाद अधिकारीले पाँच हजार पाँच, पारसमणि लामिछानेले दुई हजार, रमेश खतिवडाले सम्पूर्ण छपाई खर्च निःशुल्क गरेको आयोजकले जनाएको छ । खेलको फाइनल कात्तिक १५ गते हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार