
चुलाचुली : ३ महिनादेखि अल्सर, मिर्गौला, फोक्सोलगायत रोगले एकैपटक च्यापेका मोहन थेगिमको उपचारका लागि कतारबाट ७८ हजार ४ रूपैयाँ सहयोग उपलब्ध भएको छ ।
हाल कतारमा रहेका देवीबहादुर लिम्बूको नेतृत्वमा विभिन्न जिल्लाबाट प्रवासमा रहँदै आएका ३० जना नेपालीहरूबाट संकलित सो रकम देवीका पत्नी रोस्मी लिम्बूले विरामीका परिवारलाई अस्पतालमा पुगेर हस्तान्तरण गरिनु ।
डेढ महिना अघि विराटनगरको नोवेल हस्पिटलबाट रिफर भएको मोहनको हाल धरानको बिपि कोईराला विज्ञान प्रतिष्ठान अस्पताल (घोपा) मा उपचार भईरहेको छ ।
चुलाचुली गाउँपालिका ३ स्थायी घर भएका पूर्वेली लोक गायक मोहनको उपचारार्थ हालसम्म ४ लाख ७८ हजार ४ रूपैयाँ संकलन भइसकेको छ । उनको उपचारका क्रममा हालसम्म ७ लाख खर्च भइसकेको मोहनकी पत्नी शुबद्रा लिम्बूले जानकारीइ दिइन् ।
काष्ठ फर्निचर व्यवसाय गर्दै आएका होहन समाजसेवामा पनि सक्रिय थिए ।
मोहनको अल्सरको शल्यक्रिया गरिएको छ भने, फोक्सो, मिर्गौलाको समस्यामा सामान्य सुधार आइरहेको चिकित्सकले बताएका छन् ।



















































