कियाचु मलेसियाको अध्यक्षमा दिल केरुङ निर्वाचित

  नयाँ बुलन्द  63 पटक हेरिएको

मलेसिया : किरात याक्थुङ चुम्लुङ मलेसियाको छैटौं अधिबेशन सम्पन्न भएको छ ।

आइतबार मलेसियास्थित क्वालालम्पुरमा सम्पन्न अधिबेशनले अध्यक्षमा दिल केरुङ्लाइ निर्वाचित गरेको छ ।

उपाध्यक्षमा पूर्णकुमार तुम्बापो, दुर्गा लिम्बू, महासचिवमा दीप खादिहाङ, सचिवमा दिलकुमार तुम्रोक, सहसचिवमा टंक लिम्बू, कोषाध्यक्षमा सन्तोष इजम र सहकोषाध्यक्षमा भक्त योङ्हाङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा उदय कन्दङ्वा, रोशन लिम्बू, बाल ध्वज लिम्बू, टेकेन्द्र योङ्हाङ, टेकमाया लिम्बू, कमल लिम्बू, सन्तोष आङ्देम्वे, अमृता लिम्बू, मधुमाया लिम्बू, नरमाया लावती, बिनिता लिम्बू, नवीन योङहाङ्ग लिम्बू, प्रकाश मान, पेलिहाङ्ग लिम्बू, भुपेन्द्र माबो लिम्बू रहेका छन् ।

कार्यक्रम नेपाली राजदुतावासका उदयराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार