लाेक गायक थेगिमलाई प्रवासी संजालकाे नेतृत्वमा २ लाख बढी सहयोग

चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका वडा ३ का माेहन थेगिमलाई उपचार सहयोगार्थ “प्रवासी संजाल चुलाचुली ” इलामकाे नेतृत्वमा २ लाख बढि सहयोग हस्तान्तरण गरिएकाे छ ।

एकसाथ अल्सर, मृगौला, फाेक्स लगायत राेगले तीन महिनादेखि बिरामी भएको खबर मिडियामा आएपछि, `हाम्रो विकास हाम्रो नाम, गाउँकाे विकास हाम्रो शान´ नारा रहेको ” प्रवासी संजाल चुलाचुली” पेल्टिमारी इलामले “माेहन थेगिम बचाउ अभियान” सुरू गरेको थियाे ।

विराटनगर नाेवल हस्पिटलबाट रिफर भएको माेहन थेगिमकाे उपचारार्थ अहिले धरानको बिपि काेईराला विज्ञान प्रतिष्ठान अस्पताल (घाेपा) मा भईरहेकाे छ ।

अस्पतालमा पुगेर संजालकाे उपाध्यक्ष प्रेमकुमार श्रेष्ठ, सचिव छत्रकुमार राई, काेषाध्यक्ष बुद्वमाया राईद्वारा विरामी थेगिमलाई १ लाख ११ हजार १ सय रूपैयाँ सहयोग हस्तान्तरण गरिएको थियाे ।

प्रवासी संजाल चुलाचुलीकाे सचिव छत्रकुमार चाम्लिङले भने,`अार्थिक रूपले विपन्न थेगिम बचाउ अभियानलाई सफल पार्न प्रवासमा छरिएर रहनु भएको प्रवासी संजालका सदस्यहरू विशेषगरी स्मार्ट ज्वलेरी कतारलाई विशेष धन्यवाद मिडिया मार्फत भन्न चाहान्छु ।´

त्यस्तैगरि, चुलाचुली गाउँपालिका ३ का विभिन्न टाेलबाट संकलन गरिएको २० हजार ९ सय १६ रूपैयाँ र मलेसियाबाट क्रमशः मनीकुमार याेङ्हाङ्काे नेतृत्वबाट ४५ हजार ७ सय ३० रूपैयाँ र दिलीप लावतीकाे नेतृत्वबाट ३३ हजार १ सय ८५ रूपैयाँ गरि जम्मा १ लाख ८ सय ८६ रूपैयाँ नगद उक्त वडाका शिवअाेरक टाेल समितिका अध्यक्ष पुष्प आङदेम्बेद्वारा थेगिमलाई हस्तान्तरण गरिएको छ ।

पुर्वेली लाेक गायक माेहन थेगिमकाे उपचार सहयोगार्थ ४ लाख सङकलन भैसकेको छ भने अहिलेसम्म ७ लाख खर्च पुगेको परिवारले जानकारी गराएका छन् । अहिलेसम्म अल्सरकाे शल्यक्रिया गरिएको छ भने, फाेक्साे, मृगौलाकाे समस्यामा सामान्य सुधार अाइरहेकाे स्वयं विरामी माेहन थेगिमले अताएका छन् ।

थेगिमकाे स्वास्थबारे बुझ्न साथै स्वास्थ लाभकाे कामना गर्न चुलाचुली गाउँपालिका ३ वडा अध्यक्ष नरबहादुर लावती र नेपाली काँग्रेस तरूण दलका क्षेत्रीय सभापति राजेन्द्र केरूङको समेत उपस्थिति रहेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार