इलाममा हालसम्म २३ प्रतिशत मात्रै रोपाइँ

  नयाँ बुलन्द
0 Shares

news

इलाम : असार मध्येसम्म पनि पानी नपरेपछि रोपाइँ गर्न नसक्दा इलामका किसान चिन्तित भएका छन् ।

इलाममा हालसम्म २३ प्रतिशत मात्रै रोपाइँ भएको छ । १४ हजार ८ सय १५ हेक्टर खेतमा धान रोपिने गरिएका इलाममा अघिल्लो वर्षसम्म मध्य असारसम्म आधा भन्दा धेरै क्षेफलमा रोपाइँ सकिने गरेको थियो ।

तर यस वर्ष सिँचित भूमिमा मात्र रोपाइँ सुरु भएको छ । आकाशे पानीको घर पर्दै आएका किसानले राखेको बीउसमेत ब्याडमै सुक्न थालेको छ ।

इलाममा बार्षिक ४६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामको तथ्यांक छ । उच्च पहाडी क्षेत्रमा रोपाइँ भए पनि तल्लो पहाडी क्षेत्रमा रोपाई बाँकी नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार