‘सिंगौरी–3’ भिडियो सार्वजनिक, दर्शकले औधी मन पराए ।।

  टीआर सेनेहाङ  393 पटक हेरिएको

तेह्रथुम,११ असार
पुर्वेली लोकभाकामा रहेको ‘सिंगौरी–३’ गितको भिडियो सार्वजनिक भएको छ । नेपाली सांगितिक क्षेत्रमा अत्यन्तै व्यस्त गायिका मेलिना राई र गायक नविन राईले आवाज दिएको ‘सिंगौरी–३’ गितको म्यूजिक भिडियो माउण्टेन म्यूजिक नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पश्चिमबाट घुमफिर गर्दै आएका पाहुना संग पुर्वेली ठिटिहरुले दोहोरी खेलिएको कथावस्तुलाई समेटिएको यस भिडियोमा चर्चित मोडल एलिसा राई ,श्याम राई,विसाल सेनेहाङ,योगेन्द्र राई,भावना थापा लगायतका कलाकारहरुको बेजोड नृत्य रहेको छ ।

सशि गुरुङको शब्द र संगित रहेको यो गितको भिडियोलाई उमेश गुरुङले निर्देशन गरेका हुन् । तेह्रथुमे ढाका कलेक्सनले डे«सको प्रायोजन गरेको भिडियोको छाँयाँ दृश्य अर्जुन तिवारीको टिमले खिचेको हो ।

निकै मेहनतका साथ भिडियो निर्माण गरिएकाले दर्शकहरुको मन जित्ने अपेक्षा लिईएको कलाकार विसाल सेनेहाङले बताए ।

भिडियो यता,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार