गोरु काटेको अभियोगमा पक्रेकालाई छुट्न जन अभिनन्दन

  नयाँ बुलन्द  106 पटक हेरिएको

बराहक्षेत्र ( सुनसरी ) : गोरु काटेको अभियोगमा पक्राउ गरिएका निमा शेर्पा,आसिक राई र तिलक राईलाई बराहक्षेत्र ३ नडाहामा खादा,अबिर ढाका टोपी लगाएर जन अभिनन्दन गरिएको छ।

पक्राउ गरेका तिनै जनालाई एघारौं दिनमा रिहाई गरेपछि ३० गते सम्मान अभिनन्दन गरि नाडाहा चोकमा घुमाई कोणसभा समेत गरेका हुन।उनिहरुलाई स्थानीयबासी आदिवासी सांस्कृतिक अधिकार संरक्षण समिति,इसाई समाज बराहक्षेत्र,राजनीतिक दल लगायतको उपस्थितिमा सम्मान गरेको हो। पक्राउ परेको खबर पाएपछि नेपाल आदिवासी जनजाति महासंघ,सांस्कृतिक अधिकार संरक्षण समितिको अगुवाईमा ध्यानाकर्षण पत्र बुझाउदै रिहाइको माग गरेका थिए ।

गोरु काटेको अभियोगमा जेठ १७ शुक्रवार अस्थायी प्रहरी चौकी बाङ्गेले पक्राउ गरि इलाका प्रहरी कार्यालय महेन्द्र नगरले मुलिकी संहिता ऐनको चौपाया महल अनुसार मुद्दा दर्ता गराएको।पक्राउ गरिका तिनै जनालाई सुनसरी जिल्ला अदालतका न्यायाधीश चन्द्रपसाद सापकोटाको इजलासले जनही पच्चीस हजार रुपैया धरौटीमा एघारौं दिन जेठ २८ गते रिहाई गरिको कुरा अधिवक्ता पदम लिम्बुले जानकारी दिएको छ।पक्राउ गरिकालाई रिहाई गराउनको लागि सुनसरी जिल्ला अदालतमा अधिवक्ता पदम लिम्बू र मिना काफ्लेले बहस गरेको हो।

अभिनन्दनपछि कोणसभामा सांस्कृतिक अधिकार संरक्षण समितिका संयोजक सुबास हुक्पाचोङ्बाङले संविधान मै संविधान संग बाझिएको कानुन स्वतह अमान्य हुने उल्लेख भएको जनाउदै गोरु काट्दा पक्राउ गर्नु संविधान बिपरित भएको दाबी गरे। नेपाली जनताले कर तिरेको कुनै उपलब्धि नभएको भन्दै हामी सबै बेरोजगार भएकोले गोरु काटेर जेल जानुपर्ने बताए ।जेल जाँदा भत्ता तीन सय रुपैया र राज्यको भात समेत खान पाइने भन्दै एकातिर बेरोजगारलाई भत्ता पनि मिल्ने अर्को तर्फ आदिवासीको अधिकारको लागि समेत लडिने बताए।

किरात राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष सन्जय राईले धर्म निरपेक्षमा पनि मरेको गोरु काट्दा तीन जना पक्राउ गरेको किरात राई यायोक्खाको घोर आपत्ति र बिरोध जनाए।उनले बजारमा खसी रागा काटेर बेछे जस्तै गोरु पनि बजारमा काटेर बेच्न पाउनुपर्ने बताए।यसरी खुल्ला रूपमा गोरु काटेर बेचेर खान नपाउने हो भने केको धर्म निरपेक्ष भनेर प्रश्न गरे।उनले दुईसय पचास वर्षसम्म राजतन्त्रले गोरु काट्न नदिएर संस्कार गर्न नपरेको भन्दै संविधान संशोधन गरेर गोरु काट्न पाउनुपर्ने बताए।

मंगोल विद्यार्थी युनियनका अडिल खम्बुले संविधानमा सुनिश्चित गरेको मौलिक हक अनुसार भाषा धर्म संस्कार गर्न पाउने भनेर उल्लेख भएको बताए।तर राज्यले भने आदिवासी मुलबासिलाई आक्रमण गरिरहेको आरोप लगाए।नाडामा मरेको गोरु काट्दा मारेको भनेर सुनियोजित आक्रमण गरेको बताए।राज्यले यसरी दमन गर्छ भने अस्सि प्रतिशत आदिवासी मुलबासी यसरी नै सडकमा उत्रिने चेतावनी दिए।देश धर्म निरपेक्षको नाममा हिन्दुकरन गरिएको आरोप लगाउदै गाईलाई रास्ट्रीय जनावर कै रूपमा सम्मान गरिएको बताए।उनले गोरु काट्दा किन आपत्ति भन्दै राज्यले साम्प्रदायिक युद्धको आव्हान गरेको आरोप लगाए।

पक्राउपछि रिहाई भएका आसिक राईले प्रहरीले हिरासतमा तिनै जनाले मरेको गोरु काटेको भनेर बयान दिएको तर प्रहरीले गोरु काटेको भनेर झुठो बयान लेखेको खुलासा गरे। प्रहरीले नभएको कुरा भाग लगाएको केही मासु लुकाउन गाडेको र अरु बेच्नको लागि राखेको भनेर आफुहरुले नभनेको कुरा झुठा बयान लेखेर बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार