
काठमाडौं : तेह्रथुमको छथर अन्र्तगत रहने तुम्खेवा थरको काठमाण्डौस्थित एक भेलाले भविन्द्र तुम्खेवाको अध्यक्षतामा १३ सदस्यीय ‘छथर ताक्लुङ तुम्खेवा समाज’ को निर्माण गरेको छ ।
जसको उपाध्यक्ष कवि विमला तुम्खेवा, प्रदिप तुम्खेवा, प्रतिक तुम्खेवा, सचिव सीता तुम्खेवा, सहसचिव सरु तुम्खेवा, कोषाध्यक्ष चिरञ्जिवी तुम्खेवा रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा ज्ञानेन्द्र तुम्खेवा, विरेन तुम्खेवा, देवनारायण तुम्खेवा, मंगल तुम्खेवा, सुर्य तुम्खेवा र भिमराज तुम्खेवा रहेका छन् । भेलाले भुवनजीत तुम्खेवा र सुकमाया तुम्खेला साँवालाई वरिष्ठ सल्लाहाकार तोकेको छ भने देवचन्द्र तुम्खेवा र प्रदिप सुब्बा बादललाई विशष सल्लाहाकारमा चयन गरेको छ ।
यस समाजले हरेक महिनाको पहिलो हप्ता शनिवार बैठक बस्ने, सदस्य बन्न अनिवार्य १०० रूपैयाँ शुल्क लाग्ने र कार्यसमितिमा आवद्ध समितिका सदस्यहरूले मासिक रु ५०० रूपैयाँ अक्षयकोष निर्माणका लागि संकलन गर्ने भएको छ ।
छथरको खेवा समूहको एक हाँगा तुम्खेवाका सम्पूर्ण बन्धुहरूलाई यस छथर ताक्लुङ तुम्खेवा समाजमा आवद्ध गराउँदै लैजाने निर्णय पनि गरेको छ । अन्य खेवाहरू तिगेला, आङ्लाबाङ, मादेन, चोङबाङ, माङयाक छन् । खासमा तुम्बा खेवा अर्थात जेठा खेवा नै पछि तुम्खेवा बनेको हो ।
भेला टोखास्थित भुवनजीत तुम्खेवाको निवासमा त्यहाँ उपस्थित जेष्ठ नागरिक सुकमाया तुम्खेवा साँवाको सभापतित्वमा सम्पन्न भएको थियो ।



















































