पर्यटकीय क्षत्रलाई जोड्न साइकल यात्रा (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : मेची लोकमार्गमा सधैं धुँवाको मूस्लो फाल्दै हिड्ने लावालस्कर मोटरसाइकलदेखि भारी क्षमताका ट्रकबस देखेका स्थानीयले शनिबार भने फरक दृश्य देखे । करिव १ सयको हाराहारीमा पाइडल मार्दै निस्किएको साइकलवालाको ताँतीको दृश्य हेरिरहुँ लाग्ने थियो ।

यो दृश्य देखेर इलामबासी मख्ख परे । कन्याम, फिक्कल र करफोकको सल्लाघारी छिचोल्दै इलाम बजार भित्रिएको साइकल यात्रीको टोलिलाई जिल्लाबासीले भव्य स्वागत गरे । साइकल यात्रीलाई मेची पहाडी क्षेत्र पर्यटन प्रर्वधन विकास समिति, इलाम उद्योग वाणिज्य संघ, नगर पर्यटनन विकास समितिलगायतले स्वागत गरेका थिए ।

पछिल्लो समय सदरमुकामको चाम घट्दै गएको अवस्थामा यस्ता गतिविधि आवश्यक रहेको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताए ।

रोङ गाउँपालिकाको कुटिडाबाट ५५ किलोमिटर लामो यात्रा पूरा गरी साइकल यात्री साँझ इलाम बजार आईपुगेको हो । कुटीडाँडाबाट विहान ८ बजे हिडेको टोलि करिब साँझ ६ बजे इलाम आईपुगेको थियो । ‘सइकल चलाउ स्वास्थ्य बनौं’ भन्ने नाराका साथ साइकल टोलिमा ंविभिन्न पेशा र उमेर समूहमा व्यक्ति सहभागी छन् । टोलिमा देशभरवाट भेलिएका साइकलप्रेमी सहभागी छन् ।

आइतबार इलामबाट झापा झर्ने छोटो दुरीको भञ्ज्याङ, बेलासे दानाबारी हँुदै यो टोली झापाको विर्तामोड झर्ने अभियानका अगुवा झापा अर्जुनधाराका योगेन्द्र थापाले जानकारी दिए । इलामका महत्वपूर्ण पर्यटकीय स्थललाई जोड्नका लागि पनि यो यात्रा सफल हुने ठानेर सहाभागी भएको गाउँपालिकास्थित सलकपुरका सुवास तामाङले बताए ।

यो टोलीले इलामबाट तराई झर्ने द्रुत मार्गको रुपमा लिएको सडक पार गर्नेछ । यसले त्यस क्षेत्रका संभावना र आवश्यकतालाई अगाडी ल्याउन सकिने स्थानीयको अपेक्षा छ ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार