३६ लाखको सडक स्तरोन्‍नती कार्य सम्पन्‍न

इलाम : इलामको फाकफोकथुम गाउँपालिका–३ मा आमचोक स्वास्थ्य चौकी सल्लेरी खप्परेघाट सडक स्तरोन्नत्ति योजना सम्पन्न भएको छ ।

उँपालिकास्तरीय ३५ लाख ७२ हजार बजेटमध्ये गाउँपालिकाले २९ लाख ४० हजार र छ लाख ३२ हजार बराबरको जनश्रमदानबाट उक्त सडक स्तरोन्नति गरिएको हो ।

गत माघ २४ गतेबाट निर्माण सुरू गरिएको सडक सम्पन्न भएको र उक्त सडकको मङ्गलवार योजना अनुगमन संयोजक सरस्वती राई (सरू), गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन कट्टेल, ईञ्जियिनर कुशल खनाल, सञ्चारकर्मी गोविन्दप्रसाद लामिछाने, वडाध्यक्ष राजन पौडेल, साइड इञ्चार्ज सिताराम पौडेल, योजना शाखाका प्रमुख तिलविक्रम लिम्वू, उपभोक्ता समितिका अध्यक्ष नैनसिंह गिरी, सचिव रामप्रसाद खतिवडा, कोषाध्यक्ष देवीमाया भट्टराई, स्थानीयबासी उपेन्द्र पौडेल, रविन राई, समितिका सदस्यहरूलगायतले संयुक्त अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बोरीबोटे सिममा भेलका कारण भएको क्षति र ध्रुब गिरीको घर छेऊमा चट्टानका कारण भएको केही अवरोधबारेमा उपभोक्ता समितिको ध्यानाकर्षण गरेको छ ।

उपभोक्ता समितिले लागत अनुसार काम सम्पन्न गरेको अनुगमन समितिका संयोजक उपाध्यक्ष राईले बताइन् । प्रतिकुल मौसमका कारण बोरीबोटे सीममा क्षति भएको बताउँदै उनले उक्त क्षति बाहेक अन्य ठाउँमा कहीं पनि समस्या नरहेको विचार व्यक्त गरिन् ।

उपभोक्ता समितिका सचिव खतिवडाले उक्त सिममा जनशक्ति प्रयोग गरी नाली निर्माण गर्ने, प्राविधिक स्टमेट अनुसार ग्राभेलको काम पूरा गर्ने बताए ।

सडक स्तरोन्नत्ति भएपछि एकतप्पाको दोकानडाँडा–साप्तिन–सल्लेरी हुँदै आमचोकसम्म नियमित यातायात सञ्चालन हुँदै आएको छ । एकतप्पादेखि दैनिक यात्रुहरूलाई यात्रा गर्न समेत सहज भएको स्थानीय मदन पाण्डे बताउँछन् । गाउँपालिका तथा वडा कार्यालयबाट आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजित बजेटबाट धमाधम विभिन्न योजनाहरू निर्माण कार्य भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कट्टेलले जानकारी गराए । यसपटक गाउँपालिकाले योजना सञ्चालन हुनुपूर्व गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिएपछि गतवर्षको तुलनामा योजना गुणस्तरीय हुने अधिकृत कट्टेलको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार