व्यवसायिक सूचनाको सम्प्रेसणमा संचार संस्थाहरुको महत्व

  गोपाल पौड्याल
0 Shares

गोपाल पौड्याल

उद्यम/व्यवसाय संचालन तथा व्यवस्थापनमा विभिन्न प्रकारका कार्यहरु जस्तैः पूँजी, श्रम, स्थान, बजार, प्रवद्र्धन, प्रविधि आदिलाई जसरी जिम्मेवारीपूर्ण अगाडि बडिन्छ त्यस्तै महत्वका साथ व्यवसायिक सूचनाहरुलाई पनि ध्यान दिनु उपयुक्त मानिन्छ । व्यवसायिक सूचनाहरुको मुख्य स्रोतको रुपमा संचार क्षेत्रलाई लिने गरिन्छ ।

विभिन्न सप्लायर्स, मध्यस्थ व्यक्ति, ग्राहकहरुसँग सम्बन्ध बढाई आफ्नो व्यवसायिक कारोबार गर्नु उद्योगको मुख्य बजारीकरण पद्धति हो । प्रत्येक नयाँ उद्यमी÷व्यवसायीहरुको मुख्य उद्देश्य भन्नु नै लक्षित बजारलाई आफ्नो सेवा, वस्तु प्रदान गरी नाफा कमाउनु हो भन्ने प्रष्ट बुझाई रहेको हुन्छ । तसर्थ आफ्नो उद्योग व्यवसायको विकासको लागि बजार नेटर्वक बढाउनु पर्नेहुन्छ । बजार नेटर्वक भनेको आफ्नो उद्देश्य पूर्तिका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुसँग समन्वय राखी काम गर्नु हो । यसरी समन्वय राखी आफूले आवश्यक मौका हेरी फाइदा लिई आफ्नो व्यवसाय बढाउनु हो । यी विभिन्न तत्वहरुबीच समन्वय राख्नुपर्ने हुन्छ । यसरी सबैविच आफ्नो समन्वय बढाउनु नै नेटवर्क वढाउनु हो । सम्बध बडाउनाले आफ्नो उद्योगको कार्यदक्षता तथा उत्पादन वृद्धि गर्नको निमित्त पनि व्यवसायिक सूचनाहरु र समन्वयको ठूलो भूमिका रहेको हुन्छ । यसै सन्दर्भमा हाम्रो देशको विशेष गरि काठमाडौं भ्यालिभित्र रहेका उद्यम, व्यवसायसँग सम्बन्धित सरकारी तथा निजि संघसंस्थाहरु छन्, जसले हाम्रो उद्यम/व्यवसायलाई सहयोग गर्न सक्छन् । जस्तै :

व्यवसायिक संघसंस्थाहरु :

ब्यवसायिक संघसंस्थाहरुको नाम ठेगाना सम्पर्क नम्बरहरु यसका प्रमुख गतिविधिहरु
महिला उद्यमी महासंघ नेपाल रामशाखापथ काठमाडौं ०१–२००३०८० स्थापना सन् २००३, महिला उद्यमीहरुको छाता संघ । महिला उद्यमिहरुको हकहितमा काम गर्ने ।
कृषि उद्यम केन्द्र टेकु काठमाडौं ०१–४२६२२४५ नीतिगत पैरवी तथा निति गत सल्लाह सुझाव ।
नेपाल चेम्बर अफ कमर्श (उद्योग वाणिज्य संघ काठमाडौं) कान्तिपथ काठमाडौं ०१–४२३०९४७ उद्योगपति तथा व्यवसायीकहरुको हकहितको कार्य ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ माइतीघर काठमाडौं ०१–४२२२७५१ घरेलु तथा सना उद्यमी, व्यवसायीहरुको हक हितको कार्यहरु ।
नेपाल उद्योग परिसंघ ट्रेडटावर थापाथली ०१–५५१११२२ उद्यमीहरुको हकहितका कार्यहरु ।
नेपाल उद्योग वाणिज्य महासंघ टेकु काठमाडौं ०१–४२६२२१८ उद्योग वाणिज्य तथा श्रमसँग सम्बन्धित कार्यहरु ।
वस्तुगत संघसंस्थाहरु :
नेपाल हस्तकला महासंघ थपाथली काठमाडौं ०१–४२४४२३१ हस्तकला व्यवसायीहरुको हकहितमा काम गर्ने ।
नेपाल पुष्प व्यवसाय संघ टेकु काठमाडौं ०१–४२२८०६४ पुष्प व्यवसायीहरुको हक हितमा काम गर्ने ।
छाला जुत्ता तथा वस्तु उत्पादन संघ नेपाल वागबजार काठमाडौं ०१–४२१९३४९ छाला जुत्ताका कच्चा पर्दाथहरुसँग सम्बन्धित ।
नेपाल हाते कागज संघ बिजुली बजार काठमाडौं ०१–४२३३००१ हाते कागजको हकहित तथा कच्चा पदार्थसँग ।
कच्चा पदार्थ तथा मेशिनरी आपूर्तिकर्ता, काठमाडौं
बल्स कमर्रसियल न्यूरोड काठमाडौं ०१–४२२४४६९ डेरि उत्पादक, मेशिनरी र कच्चा पदार्थ आदिसँग सम्बन्धित ।
शारधा मेशिनरि ट्रेर्डस टेकु, कालिमाटि ०१–४२१६६१८ जुसर, ग्रेन्डर, मासु मिक्सर, राइस पोलिससँग सम्बन्धित ।
शरिरा ट्रेर्डस टेकु, कालिमाटि ०१–४२५७२३० निर्माण कार्यसँग सम्बन्धित सामाग्रिहरुसँग सम्बन्धित ।
इलिमिच इन्टरनेशनल न्यु वानेश्वर काठमाडांै । ०१४२०५०२०० जेनेरेटर तथा अन्य मेशिनरि औजारहरु ।
एससेन्डर एसोसियट तिनकुने काठमाण्डौ ०१–४४९५४५५ वाटर ट्रिइटमेन्टसँग सम्बन्धित ।
र्गडन थ्रेड इन्डष्ट्रि बसुन्धरा काठमाडौं ०१–४०१६७८६ ढाका, कटन धागो र आवश्यक कच्चा पर्दाथहरुसँग सम्बन्धित ।
जेनिथ इम्पेक्स बन्जिमुडा काठमाडौं ०१–४२२१६०० होजियारी प्रिन्टिङ्ग मशिनसँग सम्बन्धित ।
नकर्मि सेल्स प्राइभेट लि. न्युरोड काठमाडौं ०१–४२२५३३३ सिलाई कटाइ मेशिनहरुसँग सम्बन्धित ।
ग्लोवल इकुइपमेन्ट एन्ड प्रा.लि. रवि भवन काठमाण्डौं ०१–४२७०३७७ घरेलु तथा कुटिर उद्योगका मेशिनहरु र आवश्यक कच्चा पदार्थसँग सम्बन्धित ।

माथि उल्लेखित संघसंस्थाहरु जस्तै अन्य धेरै सहयोगि संस्थाहरु देशका विभिन्न ठाउँहरुमा रहेका छन् । उद्यम/व्यवसायको सृजना वा विस्तार गर्ने योजना बनाईराख्नु भएका व्यवसायीहरुका निमित्त उल्लेखित सूचना धेरै फलदायी हुन सक्दछ । उल्लेखित सूचनाहरुबाट तपाईको व्यवसायलाई आवश्यक मेशिन, औजारदेखि कच्चा पदार्थ तथा तपाईको उद्योगबाट उत्पादित वस्तुहरुको बजार संजालको निमित्त पनि फलदायि हुन सक्दछ ।  मुख्य उद्देश्य आफ्नो वस्तुको बजार विकास हो । जसले गर्दा आफ्नो उद्योग व्यवसायलाई अगाडि बढाउन सकिन्छ । यसरी आफ्नो वजार व्यवस्थापनमा यी विभिन्न तत्वहरुलाई बिचार गरी बजार योजना बनाउन सहयोग प्रदान गर्दछ । नेटर्वकले उद्यमीहरुलाई आफ्नो बजार विस्तार गर्न तथा व्यवसाय सुचारु रुपले संचालन गर्न आवश्यक सहयोग पु¥याँउछ । यसका लागि उद्योगीले ठाउँ वा व्याक्ति विशेषसँग सम्पर्क राख्नुपर्ने हुन्छ । जहाँवाट आवश्यक सहयोग लिई व्यवसाय उद्योगहरुलाई अगाडि बढाउन मद्दत पुग्छ । जस्तैः कुनै पनि उद्योग व्यवसायको बजारीकरण ग्राहकमा नै केन्द्रित भएको पाइन्छ । मुख्य कारोवार वस्तुमुखी नभई ग्राहकमुखी कारेवारमा वढी ध्यानदिनु पर्ने देखिन्छ । ग्राहक नै उसको मुख्य बजार हो । त्यसकारण उद्योग व्यवसायको मुख्य उद्देश्य ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरी सन्तुष्ट पारी नाफा कमाउनु हो । तर वस्तुमुखीमा जति राम्रो गुणस्तरको वस्तु उत्पादन गर्न सकियो,त्यति नै वढी बिक्रि हुने धारणा गलत भनी मान्न थालिएको छ । किनभने जति नै राम्रै वस्तु किन उत्पादन नहोस्, यदि ग्राहकले नरुचाएको खण्डमा अथवा उनीहरुलाई आवश्यक नभएसम्म वस्तु खरिद गर्दैनन् । अहिलेको वैज्ञानिक वजारमा वस्तुमुखी हुनुभन्दा ग्राहकमुखी उत्पादन गरे मात्र आफ्नो वस्तुको बजार विकास हुनसक्छ । त्यसकारण ग्राहकको विचार बुभ्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्नुपर्ने हुन्छ । सप्लायर्स एउटा फर्म अथवा व्यक्ति हो । जसले उद्योगलाई चाहिने वस्तु उपलब्ध गराउँदछ । यो पनि उद्यमीको लागि बजार हो । जहाँवाट उसले आफूलाई आवश्यक विभिन्न वस्तुहरु उपलब्ध गराइ उद्योग,व्यावसायलाई व्यवस्थित ढंगले लैजान सहयोग प्रदान गर्दछ । खास यसरी सप्लायर्ससँग नेटवर्क वढाउनुको मुख्य कारण ग्राहकहरुलाई निरन्तर आफ्नो सेवा दिन,उद्योग÷व्यवसाय पनि सुचारु रुपले लैजाने र राम्ररी सम्पर्क बढ्नाले आफूले चाहे जस्तो वस्तु उपलब्ध गराउनु नै हुन्छ । जसले उद्योगमा प्रभाव पारी राखेको हुन्छ । यसरी आफ्नो व्यवसायलाई सुचारु रुपले लैजान विभिन्न सप्लायर्सहरुको पहिचान गरी सम्बन्ध कायम राखी आफ्नो बजारको विकास गर्नुपर्ने देखिन्छ । उद्योग व्यवसायमा विभिन्न अनियन्त्रित तत्वहरु छन् । जस्तै सरकारी एजेन्सीज,राजनीतिक पार्टी,ग्राहकहरुको समूह,ट्रेड संघ अन्य सम्वन्धित संघ संस्थाहरुले व्यवसायमा असर पारेका हुन्छन् । त्यसकारण उद्योगीले यस्ता प्रभावकारी वजारहरुसँग पनि सम्बन्ध राखी त्यही अनुरुप आफ्नो व्यवसायको रणनिति वदली वजार विकास गर्नुपर्ने हुन्छ ।आन्तरिक बजार ः उद्योग उत्पादनमा पनि आन्तरिक वजार हुने गर्दछ । अथवा काम गर्ने छुट्टाछुट्टै कोठा हुने गर्दछ त्यसलाई नै आन्तरिक वजार भनिन्छ । सफल उद्यमीले कुनै पनि कार्य गर्दा योजनावद्ध रुपमा गर्दछ । सफल उद्यमीले आफूले के काम गर्ने कहिले गर्ने त्यो काम पूरा गर्न के के कार्यक्रम गर्नु पर्दछ भन्ने कुरामा स्पष्ट रुपमा अल्पकालिन मध्यम वा दीर्धकालीत लक्ष्य निर्धारण गरी कार्य गर्दछन् । लक्ष्य निर्धारण गरीसके पनि त्यसलाई पूरा गर्ने योजना बनाउनु पर्ने हुन्छ भने सो प्राप्त गर्ने क्रममा को बाट कसरी सहयोग लिनु पर्दछ  भन्ने बारे पनि जानकारी हुनु आवश्यक हुन्छ । त्यसैले उद्यमीहरु आफ्नो पेशासँग सम्बन्धित व्यक्तिहरुँस राम्रो सम्पर्क गर्दछन् र आफ्नो कामको लागि प्रभाव पार्ने कोशिश गर्दछन् ।

उद्यमीले आफू उपलब्धीमूलक भावनाले अभिप्रेरित भई योजनावद्ध रुपमा कार्य गर्नु र आफूले गरेको कामको मूल्याङ्गन गर्दै भावी कार्यक्रमलाई अझ शसक्त बनाउँदै लानु सफल उद्यमीको विशेषता मानिन्छ । यस्तै आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित सूचना वा जानकारीको बारेमा उद्यमीहरु धेरै चासो राख्दछन् । आफ्ना ग्राहकहरु को हुनु उनीहरुको रुची कस्ता बसतुमा छ । बजारमा कस्ता कस्ता बस्तुरुको प्रवेश हुँदैछ कस्ता उद्योगहरुको स्थापना हुँदैछन् । सरकारी नीति नियमले के प्रभाव पार्दछ  अदि कुराहरुको बारेमा एउटा सफल उद्यमी संधै चनाखो हुन्छ । यसरी आफूलाई आवश्यक पर्ने सूचना संकलन गर्ने र सोही अनुसार आफ्नो व्यवसायमा सुधार गर्ने कार्य सफल उद्यमीको लागि निरन्तरता नै बनेको हुन्छ । यसरी संकलन गरिने सूचनाले नयाँ नयाँ व्यवसायको अवसर र भैरहेका व्यवसायलाई अझ बढी प्रभावकारी रुपमा कसरी सञ्चालन गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ । अरु मानिसहरु जो विभिन्न व्यवसायको मौका छ वा यो पेशा गरेमा राम्रो हुन्छ भन्दछन् र आफू गदैनन् भन्ने उद्यमी मात्र त्यस्तो व्यक्ति हो जसले आफूले देखेको अवसर वा मौकालाई गुमाउन चाहदैन र त्यसको सदुपयोग गर्दछ । यसै गरि एउटा उद्यमी सधैं आफूले गरेको कामप्रति सन्तुष्ट भएर बस्दैन । उ संधै नयाँ नयाँ तरिका र हिजो भन्दा आज बढी राम्रो काम कासरी गर्ने भन्ने बारेमा सोच्दछ । तपाई हामी सबैले देखेकै कुरा हो कि बजारमा नयाँ नयाँ बस्तुहरुको प्रवेश भईरहेको हुन्छ भने पुराना बस्तुहरु पनि विभिन्न रुपमा परिमार्जित गरिदै रहेका हुन्छने बदलिदो अवस्थामा ग्राहकहरुको इच्छा अनुसार बस्तुको उत्पादनत गर्नु अरुको भन्दा राम्रो बनाउने क्रममा नयाँ बस्तुको आविष्कार गर्नु र भईरहेको बस्तुको विकास गर्नु एउटा सफल उद्यमीका विशेषताहरु मध्ये एक मानिन्छ । यसरि बजारमा नयाँ नयाँ मेशिन औजारहरुको खोजि,सहयोगि र सप्लायर्स कम्पनिहरुसँगको सम्पर्क र समन्वयले समेत ब्यवसायको छवि उच्च राख्न मद्दत पुग्दछ । बजारमा त्यस्ता उद्यमी सफल हुन्छन जसले ग्राहकको रुची अनुसार नयाँ बस्तुको सृजना गर्न सक्छ  र भईरहेका बस्तुमा परिमार्जित गर्दै जान्छ ।

प्रतिस्पर्धात्मक बजारमा त्यस्ता उद्यमी बढी सफल हुन्छन् जो भई रहेकै कुरालाई नयाँ तरिकाले पस्किन्छन् वा सृजनशील हुन्छन् । यसैले गर्दा ब्यवसाय स्थापना पूर्व वा संचालनमा रहिरहेको अवस्थामा आफ्नो उद्योग अनुकुलका सूचनाहरुको खोज गर्न आवश्यक हुन्छ । यस्ता प्रकारका सूचनाहरु प्राप्त गर्न दैनिक प्रिन्ट मिडिया, सोसियल मिडिया वा अनलाईन पत्र–पत्रिका, रेडियो एफ.एम.टेलिभिजन आदि प्रयोग गरि यिनिहरुको सहि सदुपयोग तर्फ लागेमा उद्यम÷व्यवसायहरुको सूचना खोज्न धेरै टाडा गहिराख्नु पर्दैन तसर्थ आजको आधुनिक युगमा अनलाई पत्र पत्रिका जुनै पनि प्रकारका सूचना सम्प्रेसणका अचुक औषधि भै सकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार